काठमाडौँ, १९, असोज
बुधबार सेयर कारोबार मापक नेप्से झन्डै १४ अंकले घटेको छ । दसैं बिदापछिको पहिलो कारोबार दिन करिब ७ अंकले बढेर १ हजार ५ सय ४९.४६ विन्दुमा बन्द भएको नेप्से बुधबार १३.७० अंकले घट्यो । "/>

बुधबार नेप्से १४ अंकले ओरालो लाग्यो

बुधबार नेप्से १४ अंकले ओरालो लाग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १९, असोज
बुधबार सेयर कारोबार मापक नेप्से झन्डै १४ अंकले घटेको छ । दसैं बिदापछिको पहिलो कारोबार दिन करिब ७ अंकले बढेर १ हजार ५ सय ४९.४६ विन्दुमा बन्द भएको नेप्से बुधबार १३.७० अंकले घट्यो । यो गिरावटसँगै परिसूचक १ हजार ५ सय ४२.६५ मा बन्द भएको छ । कारोबारमा आएका ९ समूह मध्ये तीन समूहको परिसूचक बढ्यो, बाँकी समूहको परिसूचक घट्यो । दसैं अघि निरन्तर रूपमा ओरालो लागेको नेप्से अन्तिम दिन सुधारिएर बन्द भएको थियो । त्यो सुधारले दसैंपछिको पहिलो कारोबार दिन पनि निरन्तरता पायो । तर त्यो वृद्धि लामो समय टिक्न सकेन र बुधबार दोहोरो अंकले घट्यो । पछिल्ला दिनहरूमा राजनीतिक वृत्तमा देखिएको उतारचढावले नेप्से प्रभावित भएको आंकलन गरिएको छ ।

 

Logo