किन फस्टाएन चिया खेती धनकुटामा ?

किन फस्टाएन चिया खेती धनकुटामा ?

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददादता । धनकुटा, १७ असोज ।

प्रचुर सम्भावना भएर पनि धनकुटामा चिया खेती विस्तार हुन सकेको छैन । विदेशमा समेत उच्च माग रहेको अर्थाेडक्स चिया खेती सुरु भएको एक दशक भए पनि यसको विस्तार हुन सकेको छैन ।

लागत अनुसार मूल्य नपाउनु, श्रमिक अभावका साथै बैंकले लगानी बन्द गरेपछि चिया कृषक पलायन नै हुन थालेका छन् । राम्रो उत्पादनको आशामा हौसिएर चिया खेती सुरु गरेका किसान यतिबेला श्रमिक अभाव र मूल्यको अभावमा निराश बन्न थालेका छन् । धनकुटाको हिले, पाख्रीबास, मूर्तिढुंगा, भीरगाउँ र परेवादिन लगायत धेरै स्थानमा मनै लोभ्याउने चियाका बुटा अहिले झाडीमा परिणत हुँदै गएका छन् ।

न्यून मूल्यमा हरियो पत्ति बेच्नुपर्ने बाध्यता, श्रमिक अभाव र चियामा बैंकहरूको शून्य लगानीले किसानहरू चियाखेतीबाट टाढिन थालेको स्थानीय चिया कृषक बताउँछन् ।

धनकुटामा करिब १९ हजार रोपनी क्षेत्रफलमा चिया खेती गरिएको भए पनि दशक यता थप खेती बिस्तार हुन सकेको छैन ।

चिया खेतीलाई व्यवस्थित गर्दै उत्पादन, गुणस्तर र निर्यात बढाउने उद्देश्यसहित राष्ट्रिय चिया नीति २०५७ जारी भएको दुई दशक बित्न लाग्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।

 

Logo