बैंक तथा वित्तीय संस्थाले ७ अर्बभन्दा बढी रकम तिर्न बाँकी

बैंक तथा वित्तीय संस्थाले ७ अर्बभन्दा बढी रकम तिर्न बाँकी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १० असोज ।

बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकलाई ७ अर्ब ५३ करोड रुपैयाँ पुनरकर्जा तिर्न बाँकी छ । यो साउन महिनासम्मको रकम तिर्न बाँकी रहेको हो । गत असारसम्ममा १४ अर्ब ६१ करोड रुपैयाँ बाहिरिएकोमा बैंकहरूले केही पुनरकर्जा तिरेको र केही नयाँ लिएकोले ७ अर्ब ५३ करोड रुपैयाँ बराबर पुनर्कर्जा रकम बाँकी रहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए ।

साउनमा मात्र कति पुनरकर्जा गयो भन्नेबारे भने तथ्यांक नभएको उनको भनाइ छ ।

बैंकहरूले साधारण पुनरकर्जा ७ अर्ब ३९ करोड र निर्यात पुनर्कर्जाको रूपमा १४ करोड रुपैयाँ लिएका छन् । राष्ट्र बैंकले चालु आवमा पुनर्कर्जाको लागि २० अर्ब रुपैयाँ छुट्याउने बताएको थियो ।

यसअघि राष्ट्र बैंकले १० अर्ब ८४ करोडको सीमामा रहेर पुनर्कर्जा सुविधा दिँदै आएको भए पनि चालु आवबाट आर्थिक पुनःउद्धार कोषमा रहेको ५ अर्ब र राष्ट्र बैंकको मुनाफाबाट समेत गरेर २० अर्ब रकम पुर्याउने भएको थियो ।

राष्ट्र बैंकले ५ शीर्षकमा बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जा प्रदान गर्दै आएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक थापाका अनुसार राष्ट्र बैंकले साधारण पुनरकर्जामा बैंक तथा वित्तीय संस्थालाई ४ प्रतिशत व्याज दरमा कर्जा दिने गर्छ भने बैंकहरुले ग्राहकसँग अधिकत्तम ९ प्रतिशत मात्र व्याज लिन पाउँछन् ।

राष्ट्र बैंकले बैंकहरूमार्फत भूकम्प पीडितलाई उपलब्ध गराउँदै आएको सहुलियत पूर्ण ऋण ७९ करोड ९० लाख रुपैयाँ बराबर गएको छ ।

Logo