विशेष पर्यटकीय गन्तब्यका लागि चन्द्रागिरि सम्मानित

विशेष पर्यटकीय गन्तब्यका लागि चन्द्रागिरि सम्मानित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ९ असोज । ३८औं विश्व पर्यटन दिवसको अवसरमा नेपाल सरकारले विशेष पर्यटकीय उत्पादन मार्फत् नेपालको दिगो पर्यटनमा उल्लेखनीय योगदान पुर्‍याएवापत चन्द्रागिरि हिल्स लिमिटेडलाई सम्मान गरेको छ ।

सम्मान ग्रहण गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक महत्व बोकेको तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको चन्द्रागिरि नेपालको पर्यटन प्रवद्र्धनमा एकीकृत पर्यटकीय गन्तब्यको रुपमा विकसित हुँदै गएको जानकारी गराए । कार्यक्रममा बोल्दै उनले राज्यले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पूर्वाधारहरुको निर्माणमा थप लगानी गर्नुपर्ने र नेपालको पर्यटन उद्योगमा भएको नीजि लगानी र योगदानको सरकारले उचित कदर गर्नुपर्ने धारणा राखे ।

चन्द्रागिरि हिल्सले नेपालमा आउने विदेशी पर्यटकको नेपाल बसाइलाई कम्तिमा एक दिनले लम्ब्याउने उद्देश्यमा अगाडि बढेको जानकारी दिए । यस्तै खालका पर्यटकीय पूर्वाधार सहितका एकीकृत पर्यटकीय गन्तव्य प्रादेशिक रुपमा निर्माण गर्न सकिएमा त्यसले नेपालको समग्र पर्यटन अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने कुरा बताए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Logo