साताको शेयर बजार: कारोबार रकम र नेप्से दुवै घट्यो

साताको शेयर बजार: कारोबार रकम र नेप्से दुवै घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ७ असोज । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७९ करोड ५५ लाख ८७ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १६९ कम्पनीको ६७ लाख १५ हजार ४९० कित्ता शेयर कारोबार भएको हो । 

कारोबार रकम गत साताको भन्दा ५० दशमलव ३४ प्रतिशत कम हो । गत साता १७७ कम्पनीको रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार बराबरका ६८ लाख चार हजार १६० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा आठ दशमलव १३ अंकले घटेर अन्तिम दिन एक हजार ५३९ दशमलव ८१ अंकमा पुगेको छ । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ५३ अंकले घटेर ३२३ दशमलव ११ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड ९० लाख ९० हजार बराबरको शेयर कारोबार भएको छ । यस्तै कारोबार भएको शेयर संख्याका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो कम्पनीको दुई लाख ६२ हजार कित्ता शेयर खरिद बिक्री भएका थिए । 

यस साता नेपाल स्टक एक्स्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि तीन दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । रासस

Logo