हिमालयन हाइड्रो एक्स्पो–२०१८ हुने

हिमालयन हाइड्रो एक्स्पो–२०१८ हुने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ५ असोज ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा हिमालयन हाइड्रो एक्स्पो २०१८ हुने भएको छ ।

आयोजकहरूले राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै यो जानकारी दिएका हुन् ।

काठमाडौको भृकुटी मण्डपमा आयोजना गरिने हाइड्रो एक्स्पोमा स्वदेशी तथा विदेशी गरी तीन सय जति स्टल रहने जानकारी आयोजकहरूले बताएका छन् ।
आयोजकका अनुसार, एक्स्पो आयोजनामा जलविद्युत प्रवर्धक, इक्विपमेन्ट सप्लायर, लगानीकर्ता, बैंक, जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित स्टलहरू राखिने छन् ।

एक्स्पो आयोजनाका लागि राष्ट्रिय योजना आयोगले संरक्षकत्व प्रदान गरेको छ भने नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसियसन्स, युथ कम्युनिटी फर नेप्लिज कन्ट्याक्टर्सको सक्रिय सहयोग रहने जनाइएको छ ।

यसै गरी नेपाल टनेलिङ एसोसियसन (एनटिए), टुपिन, नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग वाणिज्य संघको पनि सहयोग रहने छ भने एक्स्पो आयोजनाको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले एक्स्पो आयोजना गर्नुको मुख्य उद्देश्य सरकारले निजी क्षेत्रलाई विद्युत उत्पादनको क्षेत्रमा लगानी गर्ने बाटो सहज बनाउन र अत्याधुनिक प्रविधिलाई नेपाल भित्र्याई आयोजनाका काम छिटो र गुणस्तरीय बनाउनु रहेको बताए ।

 

Logo