स्मार्ट सेलको दशैं तिहार अफर

स्मार्ट सेलको दशैं तिहार अफर

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ४ असोज ।

स्मार्ट सेलले दशैं तिहारको अवसर पारेर भ्वाइस, डाटा र एसएमएसमा आकर्षक आधा दर्जन अफर ल्याएको छ । सोमबारदेखि नै ग्राहकलाई नयाँ सिम किन्दा, एमएमएस गर्दा तथा डाटा प्रयोग गर्दा यी अफर लागू भइसकेको स्मार्टले जनाएको छ ।

नयाँ सिम कार्ड किनेर गरिने पहिलो रिचार्जमा ग्राहकलाई स्मार्टदेखि स्मार्टमा कल गर्दा प्रति सेकेण्ड एक पैसा र स्मार्टबाट अन्य नेटवर्कमा फोन गर्दा प्रति सेकेण्ड दुई पैसा लाग्ने अफर ल्याएको छ । पहिलो रिचार्ज ९० दिनसम्म उपयोग गर्न सकिनेछ । यसैसँग सबै ग्राहकलाई १०० एमबी डाटा र १०० एसएमएस ३० दिनसम्म स्मार्टबाट सबै नेटकर्वमा निःशुल्क उपलब्ध हुनेछ ।

स्मार्टले अनलिमिटेड अफर अन्तर्गत ९७ रुपैयाँको प्याक किनेपछि ३० दिनसम्म चाहेजति कुरा गर्न सकिन्छ । त्यस्तै ५७ रुपैयाँको प्याक किनेपछि १५ दिन र ३७ रुपैयाँको प्याकले एक सातासम्म चाहे जति कुरा गर्न सकिन्छ ।

त्यस्तै १२ रुपैयाँको एसएमएस प्याक किन्दा स्मार्टबाट सबै नेटकवर्कमा ५० पैसा प्रति एसएमएस लाग्नेछ । त्यस्तै २४ रुपैयाँको एसएमएस प्याक खरिद गर्दा स्मार्टदेखि स्मार्टमा तीनहजार एसएमएस गर्न सकिने स्मार्टले जनाएको छ ।

स्मार्टको १९९ रुपैयाँको भ्वाइस प्याक किन्दा ५०० मिनेट कुरा गर्न पाउने अर्को अफर पनि ल्याएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

यसमध्ये स्मार्टभित्र ३५० मिनेट र बाहिर १५० मिनेट कुरा गर्न पाइनेछ ।

रिचार्ज कार्ड खरिद गर्दा १० देखि ३५ प्रतिशत बोनस पाउनेछन् । १९ रुपैयाँको डाटा प्याक किन्दा एक दिन चाहे जति डाटा चलाउन सकिन्छ । त्यस्तै १०९ रुपैयाँमा सात दिन, १८९ रुपैयाँमा १५ दिन र २९९ मा ३० दिन अनलिमिटेड डाटा चलाउन सकिन्छ ।

३० दिनका लागि १४८ रुपैयाँमा १ जिवी डाटा उपलब्ध गराएको स्मार्टले जनाएको छ । ९८ रुपैयाँमा ७५० एमबी १५ दिनसम्म र ५८ रुपैयाँमा पाँचसय एमबी डाटा सात दिनसम्म चलाउन सकिनेछ ।

स्मार्ट टेलीकमका चिफ कमर्सियल अफिसर राजीव कुमारले सबै चाडलाई ध्यानमा राख्दै ग्राहकहरूलाई सुविधा दिने उद्देश्यले भ्वाइस, डाटा र एसएमएमा आकर्षक अफर ल्याएको बताए । नयाँ र अहिले भइरहेका स्मार्ट ग्राहकलाई फाइदा पुग्ने गरी अफर ल्याएको पनि उनले बताए ।

 

Logo