२६ सयको जुत्तालाई २६ हजारमा बेच्ने ४ ब्रान्डेड पसलमा सिलबन्दी

२६ सयको जुत्तालाई २६ हजारमा बेच्ने ४ ब्रान्डेड पसलमा सिलबन्दी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १९ भदौ ।

अनुगमनका क्रममा २६ सय रुपैयाँ मूल्यमा खरिद गरिएको नाइके ब्राण्डको जुत्तालाई २६ हजार रुपैयाँसम्म नाफा खाएर बिक्री गरेको पाइएपछि सरकारले दरबारमार्गका ४ ब्राण्डेड पसललाई सिलबन्दी गरेको छ ।

नाइक, बेन्टले, स्टोर वान र पुमा ब्रान्डका पसलहरूमा सिलबन्दी गरिएको हो ।

आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त बजार अनुगमन गर्दा ९ सयदेखि २३ सय प्रतिशतसम्म नाफा खाएर बस्तु बिक्री गरेको पाइएपछि सिलबन्दी गरिएको हो ।

ती पसलले ‘सेल’को नाममा उपभोक्ता ठगेको बताइएको छ । अनुगमनका क्रममा २ हजार ६ सय रुपैयाँ मूल्यमा खरिद गरिएको नाइके ब्राण्डको जुत्तालाई २६ हजार रुपैयाँसम्म नाफा खाएर बिक्री गरेको पाइएको छ । त्यस्तै, एक सय रुपैयाँ खरिद मूल्य रहेको जुत्तालाई २ हजार ४ सय रुपैयाँसम्म नाफा खाएर बिक्री गरेको पाइएको छ ।

कालोबजारी ऐनमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने व्यवस्था छ । व्यापारीहरूले आफूखुसी मूल्य कायम गरी उपभोक्ता ठग्ने गरेको पाइएको हो ।

ती पसलले आवश्यक बिलविजक प्रस्तुत गर्न नसकेपछि अनुगमन टोलीले त्यसरी सिलबन्दी गरेको हो ।

Logo