सन्तुर तीज फोटो प्रतियोगिताका विजेता ५ जना

सन्तुर तीज फोटो प्रतियोगिताका विजेता ५ जना

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १८ भदौ ।

हालै सकिएको चाड तीजको अवसरमा बहुराष्ट्रिय कम्पनी विप्रोको लोकप्रिय सौन्दर्य उत्पादन सन्तुरले आयोजना गरेको ‘सन्तुर तीज फोटो प्रतियोगिता २०७४’ का विजेताहरू पुरस्कृत भएका छन् ।

देशभरिबाट उत्साहजनक सहभागिता रहेको प्रतियोगिता गत अगस्ट १२ देखि अगस्ट २६ सम्म गरी दुई साता चलेको थियो । प्रतियोगी सहभागीहरूमध्येबाट पाँचजना भाग्यशाली विजेता छानिएका थिए । क्रमशः संगीता मानन्धर, मन्जली नकर्मी श्रेष्ठ, रोशनी सिटौला, प्रवीणा प्रधान र कल्पना केसी विजेता ठहरिएका हुन् ।

राजधानीको ग्रान्ड होटलमा शुक्रबार आयोजित एक समारोहमा चर्चित अभिनेत्री केकी अधिकारीले विजेताहरूलाई पुरस्कार प्रदान गरेकी थिइन् ।

समारोहलाई सम्बोधन गर्दै केकीले ‘टोटल स्किन केयर’ सम्बन्धी सन्तुर उत्पादनहरू प्रयोग गर्न सिफारिश एवम् आग्रह गरेकी थिइन् ।

सन्तुर उत्पादनहरू प्रयोग गर्ने प्रकृतिका उपहार बेसार, चन्दन र बदाम तेलहरूले छालालाई चम्किलो र मुलायम बनाउनुका साथै मुहार एवम् छालाको चमक पनि बढाउँछन् । विश्वव्यापी विस्तार भएको सन्तुरले नेपालमा सन्तुर टोटल स्किन केयर साबुन, सन्तुर मोइस्चराइजिङ सफ्ट स्किन साबुन, सन्तुर प्योरग्लो साबुन, सन्तुर ह्यान्डवास, सन्तुर टेल्कम, सन्तुर डियोड्रान्ट र सन्तुर लोशन जस्ता उत्पादन उपलब्ध छन् । यी उत्पादनहरू नेपालका सबै प्रमुख पसलहरूमा सहजै उपलब्ध छन् ।

Logo