केएनपीले ल्यायो नयाँ ‘कलरफुल सपना अफर’

केएनपीले ल्यायो नयाँ ‘कलरफुल सपना अफर’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १५ भदौ । चाडवाडको अवसर पारेर स्तरीय रंगरोगन (पेन्ट्स) हरू उत्पादन/बिक्री गर्ने कम्पनी केएनपी जापान प्रा.लि. (यसअघिसम्म कान्साई पेन्ट्स नेपाल प्रा.लि. भनिन्थ्यो) ले विभिन्न योजनाहरु सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनको आयोजना गरेर केएनपी कलरफुल सपना अफरलाई सार्वजनिक गरेको हो । यो अफर अनुसार कुनै पनि ग्राहकले ६० हजार रुपैंयाको रंग खरिद गरेमा टाईमेक्सको नाडी घडी स्वत: पाउनेछन् । उक्त रंग खरिद गर्दा पाएको सिरियल नम्बरलाई एसएमएस गरेर लक्की ड्रमा समावेश हुन पाइन्छ ।

लक्कि ड्रमा समावेश भएकाहरु मध्येवाट १२ जनालाई सामसुङको ३२ इन्चको एलइडी टेलिभिजन र अर्को १२ जनालाई सामसुङकै जे फाइभ प्राइम मोवाइल सेट प्रदान गरिने छ । यसरी लक्कि ड्रमा समावेश भएकाहरु मध्येवाट १ जनालाई बम्पर पुरस्कार स्वरुप सिंगापुरको क्रुजको यात्रा गराउने घोषणा गरेको छ ।

सिसा रहित रंगको उत्पादन गर्दै आएको केएनपी पेन्ट्स जापानको प्रविधिमा नेपालमै उत्पादन भैरहेको छ ।

Logo