जापानको उरुतोरा रेस्टुरेन्ट अब नेपालमा पनि

जापानको उरुतोरा रेस्टुरेन्ट अब नेपालमा पनि

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १३ भदौ ।

जापानीज चेन रेष्टुरेन्ट उरुतोराले नेपालमा पनि आफ्नो ब्रान्च सञ्चालनमा ल्याएको छ । जापानको बिभिन्न १२ शहरमा रेष्टुरेन्ट सञ्चालन गरिरहेको
उरुतारोले नेपालमा १३ औं ब्रान्च ३ करोड नेपाली रुपैयाँको लागतमा काठमाडौंको बालुवाटारमा सञ्चालनमा ल्याइएको हो ।

उरुतोरा रेष्टुरेन्टमा २५ जना कर्मचारी छन् । एक सय जनालाइ एकैपटक सर्भिस दिन सकिने प्रशस्त स्थान रहेको रेष्टुरेन्टमा जापानीज खानाका अलावा नेपाली खाना पनि पाइने रेस्टुरेन्टका अध्यक्ष लोकनाथ वस्तीले जानकारी दिए । जापानमा रेस्टुरेन्ट ब्यवसाय गर्दै आएका अध्यक्ष वस्तीले जापानिज हस्पिटालिटी र म्यानरलाई नेपालमा ल्याउन रेस्टुरेन्टमा लगानी गरेको बताए । जापानमा काम गरेर फर्किएका नेपाली कुक र अन्य कर्मचारीले सेवा दिने यो रेस्टुरेन्टमा जापानबाट समेत कर्मचारीहरु आउने गरेका छन् ।

नेपालमा घुम्न आउने जापानीजहरु, जापानीजस्वादको खाना खाने र जापानमा बसेर फर्किएका तथा जापानीज खानाका पारखीहरुलाई यो रेस्टुरेन्टले थोरै भए पनि सहयोग पुग्ने बिश्वास प्रबन्ध निर्देशक केन्जी मिजुगुचीको छ । नेपालको पोखरा र चितवनमा समेत उरुतोरा रेष्टुरेन्टको शाखा खोल्ने योजना बनाएको उरुतोरा नेपालका निर्देशक प्रकाश पौडेलले जानकारी दिए ।

 

 

Logo