मोबाइल एक्सपोमा ७० प्रतिसतसम्म छुट पाइने (भिडियो सहित)

मोबाइल एक्सपोमा ७० प्रतिसतसम्म छुट पाइने (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

ललितपुर मोबाइल एक्स्पोमा मोबाइल फोन खरिदगर्दा झोलाभरी उपहार ।

केन्द्रबिन्दु संवाददाता । ललितपुर, १२ भदौ ।

बडा दशैंलाई लक्षित गर्दै आउँदो १६ देखि सुरु भइ २६ भदौसम्म सञ्चालन हुने ललितपुर मोबाइल एक्सपो २०७४ मा मोबाइल खरिद गर्ने ग्राहाकले ७ देखि ७० प्रतिसतसम्मको छुट पाउने भएका छन् । अझ ललितपुर मोबाइल कम्प्लेक्स्का अध्यक्ष पुरुषोत्तम बस्नेतमा अनुसार ‘एउटा मोबायल खरिद गर्नेले झोलाभरी उपहार पाउने छन् ।’ ललितपुर मलमा सुरु हुने ललितपुर मोबाइल एक्सपोमा के– कस्ता छुट पाउने छन् त ग्राहाकले ?

हरेक मोबाइल खरिदमा हातखाली नजाओस् भन्नकालागी केही न केही उपहार राखिएको छ । पावर बैंक, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर लगायतका उपहार राखिएको यस एक्सपोमा स्क्रयाच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाईक उपहार, क्यासब्याक, विभिन्न देशको टूरलगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि एकैसाथ उपलब्ध हुनेछ ।

खासगरी सामसुुंग, ह्वावे, जियोनी, कलर्श, आइफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओविआइ, लाभा, सोनी, जेडटिइ फोनहरु रहने यस एक्सपोमा उपहारै उपहार राखेकोमा ग्राहाकहरुको बाढी लाग्नेमा आयोजक पक्ष ढुक्क छ । दशै–तिहारको अवसर पारेर बिभिन्न ब्राण्डका मोबाइलहरु राखिने एक्सपोका सम्बन्धमा ललितपुर मलका अध्यक्ष नेपाल डंगोल आम ग्राहाकलाई ढुक्क पार्छन् ।

नेपालको सवैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको यस कम्प्लेक्स्ले मोबाइल खरिदमा सवैखाले ज्ञारेण्टी दिने बताउँछन् अध्यक्ष बस्नेत ।

सो कम्प्लेक्सको दोस्रो तल्लामा रहेको टेलि इनोभेसन प्रालि शोरुमको शुभारम्भ समेत हुने भदौ १६ गते सो शोरुमले समेत विभिन्न किसिमका अफरहरु घोषणा गरेको छ । ९ सयदेखि १ लाख ४० हजार सम्मको विभिन्न ब्राण्डका फोनहरु रहने यस एक्सपोमा ४० भन्दा बढी मोबाइल शोरुमहरु सहभागी छन् ।

 

 

Logo