केन्द्रविन्दु संवाददाता
काठमाडौं, १० भदौ

सेयर बजार घट्ने क्रमले यो साता पनि निरन्तरता पाएको छ । "/>

नेप्से १२ अंकले घट्यो

नेप्से १२ अंकले घट्यो

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु संवाददाता
काठमाडौं, १० भदौ

सेयर बजार घट्ने क्रमले यो साता पनि निरन्तरता पाएको छ । गत साताभर २३ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता १२ अंकले घटेको हो ।

यो साता नेप्से परिसूचक घटेको भएपनि कारोबार रकममा भने सुधार आएको छ । यो साता गत साता भन्दा ८ प्रतिशत धेरै रकमको सेयर कारोबार भएको छ । सेयर बजारमा कारोबार रकम वढ्दा सेयर लानीकर्ताको बजार प्रतिको आत्म विश्वास वढाउने गरेको छ । यो साताको पहिलो दिन नै दोहोरो अंकले घटेको नेप्से परिसूचक सोमबार पनि घट्दो क्रममा रह्यो । तर मंगलबार समान्य वढेको नेप्से बुधबार घटेको थियो । नेप्सेमा कारोबार हुने साताको अन्तिम दिन बिहीबार भने ६ अंक भन्दा धेरै वढेको थियो ।
केहि दिन अघि तराईमा आएको वाढीका कारण अर्थतन्त्रमा असर गर्ने भएपछि सेयर बजार पनि प्रभावित हुने विश्लेषण गरिएको भएपनि खासै ठुलो असर भने देखिएन । पछिल्लो समयमा सुचिकृत कम्पनीले दिने लाभांसको सुचना बाहिरीने क्रम सँगै सेयर बजार केहि घट्दो क्रममा देखिएको छ । नेप्से सुचिकृत कम्पनीले लगानीकर्ताको अपेक्षा अनुसारको प्रतिफल नदिने भएपछि सेयर बजार घट्दो क्रममा देखिएको हो । त्यसका साथै वित्तीय क्षेत्रको चर्को ब्याजदरका कारण पनि सेयर बजारले सुधारको गति लिन सहज नभएको हो ।
यो साताको पहिलो दिन आइतबार कारोबार सुरु हुँदा १६२९.७५ अंकमा रहेको नेप्से परिसूचक साताभर ११.९४ अंकले घटेर १६१७.८१ मा झरेको छ । नेप्से सँगै क वर्गका कम्पनीको सेन्सेटीभ इन्डेक्स पनि २ अंकले घटेको छ । यो साता नेप्सेमा कारोबार भएका अधिकांश बैंक तथा वित्तीय संस्थाको सहित बिमा कम्पनीहरुको सेयर मूल्य घटेको छ । नेप्सेमा कारोबार भएका समूहगत परिसूचक मध्ये बैंकिङ १५, विकास बैंक १३.१७, वित्त ७, बिमा ५४.३१, जलविद्युत ५.९५, उत्पादनमूलक ३४.८ र होटल २९.७७ अंकले घटेका छन । तर, अन्य समूह भने १०.४७ अंकले वढेको छ । यो साता व्यापार समूहमा कारोबार भएपनि कुनै परिवर्तन भएन । यो साता नेप्सेमा १७५ कम्पनीहरुको ४० हजार १८३ कारोबारबाट ३ अर्ब ३१ करोड ४९ लाख ६५ हजार रुपैयाँ बराबरका एक अर्ब ४८ लाख ३० हजार आठ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यो कारोबार रकम गत साताको तुलनामा ८.४५ प्रतिशतले धेरै हो । गतसाता नेप्सेमा १७८ कम्पनीहरुको २७ हजार ४६६ कारोबारबाट ३ अर्ब पाँच करोड ६७ लाख ६२ हजार रुपैयाँ बराबरका ८४ लाख ४६ हजार चार सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
यो साता प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको धेरै रकम वरावरको कारोबार भएको छ । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ को धेरै इकाइ खरिद बिक्री भएको छ । हिमालयन पावर पार्टनर लिमिटेडको धेरै पटक सेयर खरिद बिक्री भएको छ ।

 

Logo