ललितपुर मोबाइल एक्स्पो भदौ १६ गतेदेखि

ललितपुर मोबाइल एक्स्पो भदौ १६ गतेदेखि

केन्द्रबिन्दु
0
Shares

ललितपुर, ९ भदौ । नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारेर ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले ललितपुरकै सबैभन्दा भव्य र ठूलो चौथो एक्स्पो आयोजना गर्ने भएको छ । कम्पनीले यहि भदौ १६ गते मंगलवारदेखि भदौ २६ गतेसम्म एक्स्पो आयोजना गर्न लागेको हो । 

कम्प्लेक्समा नै रहेको टेलि इनोभेसन प्रालिको शोरुमको ग्राण्ड ओपनिङ पनि एक्स्पोको शुभारम्भसँगै हुनेछ । ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सद्धारा आयोजना गरिने ललितपुर मोबाइल एक्स्पोमा ७० प्रतिशतसम्मको छुट दिईने छ । ग्राहकहरुले कुनैपनि मोबाइल फोनको खरिदमा ५ देखि ७० प्रतिशतसम्मको छुट तत्काल प्राप्त गर्नेछन् ।

त्यसैगरि हात खालि नजाने उपहारहरु पनि राखिएको छ । जसअन्तर्गत हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर प्राप्त गर्न सक्नेछन् । मोबाइल कम्प्लेक्समा न्यूनतम रु. ९०० देखि रु. १ लाख ४० हजार सम्मको विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् ।

कम्प्लेक्सको एक्स्पोको बेलामा दिने अफरहरु सँगै विभिन्न मोबाइल कम्पनीहरुले ल्याएका अफरहरु पनि साथमा लागू हुनेछ । जसमा स्क्रयाच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाईक उपहार, क्यासब्याक, विभिन्न देशको टूरलगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि एकैसाथ उपलब्ध हुनेछ ।
नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको कम्प्लेक्सले आफ्ना ग्राहकहरुका लागि महान चाडको अवसर पारेर योजना ल्याएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । 

ललितपुरको लगनखेलस्थित ललितपुर मलमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्स नेपालको पहिलो मल्टिब्राण्ड मोबाइल शोरुम हो, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्दछन् । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् । कम्प्लेक्समा सामसुंग, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, सोनी, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।

Logo