काठमाडौं, ९ भदौ । ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तलामा नौलो प्रविधि अपनाएर मोबाइलको बिक्रि वितरण सुरु गरिदै छ । "/>

स्टान्डर्ड चार्टड बैंकको आकर्षक जागिर त्यागेर मोबाइल ब्यवसायमा

स्टान्डर्ड चार्टड बैंकको आकर्षक जागिर त्यागेर मोबाइल ब्यवसायमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ९ भदौ । ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तलामा नौलो प्रविधि अपनाएर मोबाइलको बिक्रि वितरण सुरु गरिदै छ । ग्राहकलाई सुलभ मुल्यमा विश्वबजारका सवैजसो ब्राण्डहरु उपलब्ध गरिने उद्देश्यले यहि आउदो सेप्टेम्बर फस्ट २०१७ वाट शुभारम्भ गरिने यस मोवाइल बैंकको सञ्चालन स्ट्यान्र्ड चार्टड बैंकको आकर्षक जागिर छोडेर आएका एक प्रतिभावानले गर्ने छन् ।

टेलि इनोभेसनको शुभारम्भको उपलक्ष्यमा सेप्टेम्बर फस्टदेखि सेप्टेम्बर २५ सम्म ५ प्रतिशत देखि ५० प्रतिशतसम्म हरेक मोबाइल तथा एसेसरिज खरिदमा छुट दिइने छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार, जस्तै पावर बैंक, सेल्फी स्टिक, हेड फोन, मोबाइल कभर, ब्लुटुथ, मेमोरी कार्ड तथा पेनड्राइभ दिइनेछ ।

उक्त अवधीमा एप्पल, एचटिसी, हुवावे, जियोनी, सामसगं, वान प्लस, ओप्पो, लाभा, डिटिसी, लगायतका मोबाइल सेटहरु रहनेछन् । नेपालमा पहिलो पटक नौलो अवधारणा सहित संचालनमा आएको यो मल्टि ब्रान्ड सो रुममा ग्राहकले सहज वातावरणमा आफ्नो छनौटका उपकरणबारे विस्तृत जानकारी पाउनेछन ।

 स्टान्डर्ड चार्टडको आकर्षक स्थायी जागिर छोडेर यो मोबाइल व्यवसायमा आवद्ध भई मोबाइल सेक्टरमा नौलो क्रान्ती ल्याउने गरि व्यवसायी निरज सापकोटाले शुभारम्भ गर्न लागेका हुन् । स्टान्र्डड चार्टडमा रहदा उनी रिलेसनसिप म्यानेजर थिए । उक्त कम्पनीका प्रमुख कार्यकारी रहेका सापकोटा भन्छन्, मोबाइल सेक्टरमा अझै स्तरिय सुविधा ग्राहकले नपाएको र टेलि इनोभेसनको शुभारम्भपछि सम्पुर्ण सुविधा सम्पुर्ण ग्राहकले पाउने विश्वास दिलाउन चाहान्छौं । त्यहा मोबाइल खरिद गर्नेहरुले डेबिट र क्रेडिट कार्डबाट समेत भुक्तानी गर्न सकिने छ ।

Logo