दसैँका बेला सस्तो मेला

दसैँका बेला सस्तो मेला

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ६ भदौ ।

‘दसैँका बेला सस्तो मेला’ नारासहित बडादसैँको अवसर पारी राजधानीको भृकुटीमण्डपमा ‘स्टक क्लिअरेन्स मेला २०७४’ हुने भएको छ । मेलाको आयोजना इभेन्ट सोलुसन प्रालिले गर्न लागेको हो ।

यही भदौ २१ बाट २६ गतेसम्म हुने स्टक क्लिअरेन्स मेलामा दसैँका लागि आवश्यक सामाग्रीहरूको कारोबार गरिने भएको छ । इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक नवीन भट्टले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएअनुसार, मेलामा खासगरी कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फ्रुट्स, मोबाइल, कस्मेटिक, इलेक्ट्रोनिक्स, फुड प्रडक्ट र होम एप्लाइन्सेसको कारोबार हुनेछ ।

एक सयभन्दा बढी स्टल रहने यस मेलामा दसैँका लागि आवश्यक पर्ने सम्पूर्ण उपभोग्य सामग्रीहरू एकै ठाउँबाट विशेष छुटमा पाइने आयोजकले जनाएको छ । ६ दिनसम्म चल्ने मेलाका लागि ८० प्रतिशतभन्दा बढी स्टल पनि बुक भइसकेको इभेन्ट सोलुसनका मेला संयोजक दीपेश जोशी बताउँछन् ।

बाँकी सबै स्टल पनि केही दिनभित्रै बुक भइसक्नेमा जोशी विश्वस्त छन् । उनको अनुमान छ– राजधानी उपत्यका र आसपासबाट समेत मेलामा सामान किन्न सर्वसाधारण उपभोक्ता उत्साहवद्र्धक संख्यामा आउने छन् ।

 

  

Logo