यामाहाको नयाँ एफजी २५ स्ट्रिटफाइटर सार्वजनिक

यामाहाको नयाँ एफजी २५ स्ट्रिटफाइटर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १ भदौ ।

नेपालका लागि यामाहा बाइक तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो सफल तथा लोकप्रिय एफजी सिरिजमा बहुप्रतिक्षित बाइक एफजी २५ सार्वजनिक गरेको छ । अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधी रहेको एफजी २५मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । बाइकमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी २५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ ।

एफजी २५ को डिजाइन शक्तिशाली मांशपेसी भएका खेलाडीको झैं ‘रोबस्ट’ बनाइएको छ । नेपाली सडक सुहाउँदो बनाइएको ‘स्ट्रिट फाइटर’ले अधिकतम माइलेज दिने मात्र होइन वातावरणमैत्री पनि छ । एफजी २५का विशेषताले २० देखि ३५ वर्षसम्मका राइडरलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । नयाँ बाइक तीन वटा एक्साइटिङ कलर– ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छ । एमएडब्लु इन्टरप्राइजेजले एफजी २५को बजार मूल्य तीन लाख ४४ हजार नौ सय रुपैयाँ तोकेको छ ।
एजी २५मा जापानी बजारमा सफल स्पोर्टस् बाइकमा प्रयोग हुने २४९ सीसीको विश्वासिलो इन्जिन जडान गरिनुका साथै नेपाली सडक सुहाउँदो ट्युनिङ गरिएको छ । यसमा यामाहाको प्योटेन्टेड ब्लुकोर इन्जिन रहेको छ जसले बाइकको पर्फमेन्सलाई बढाउने मात्र होइन इन्धन खपतलाई न्युन गर्छ र यो वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा निर्माण गरिएको छ ।

८००० आरपीएममा २०.९ पीएसको अधिकतम पावर र ६००० आरपीएममा २० एनएम बराबरको अधिकतम टर्क उत्पन्न गर्ने एफजी२५मा एएचओ (अल टाइम हेडलाइट अन) प्रविधिको लिड हेडलाइट छ जुन २५० सीसीको बाइकमा पहिलो हो । ‘यसमा आकर्षक एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, मडगार्ड र एमटी सिरिजका बाइकमा झैं स्पोक डिजाइन भएका ह्विल र रेसिङ स्टाइलको फुटप्याड छन् जसले यसलाई टप–एन्ड मोडेलको नयाँ दाबेदार बनाइदिएको छ । यो बाइकलाई रेसिङ मात्र होइन दैनिक प्रयोजनलाई मिल्ने गरी डिजाइन गरिएको छ ।

यामाहाले सन् २००८ मा निकै रुचाइएको एफजी सिरिज बजारमा ल्याएको थियो । यो नेपालमा मात्र होइन पूरै दक्षिण एसियामा निकै चर्चित सिरिज हो जसका कारण यसलाई यामाहाले डिलक्स सेग्मेन्टबाट प्रिमियम सेग्मेन्टमा पनि एफजीलाई विस्तार गरेको हो । ‘अझ बढी पावर, आकर्षक नयाँ फिचर, स्पोर्टी लुक र एग्रेभिस स्टाइल भएको यामाहाको नयाँ विकल्पले ग्राहकहरुलाई सन्तुष्ट पार्नेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘एफजी २५ पावर, कन्ट्रोल र ब्यालेन्सको मिक्सचर हो । यो बाइक स्ट्रिट स्मार्ट र युवा राइडर्सप्रति लक्षित छ ।’

 

‘सन् २००८ मा लन्च गरेदेखि नै यामाहाको एफजी सिरिज निकै सफल सिरिजको रुपमा रहँदै आएको छ । अझ यसमा अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि जडान गरेपछि एफजी सिरिजका बाइकको पर्फमेन्स र माइलेज बढेको छ । वास्तवमा एफजी सिरिज नेपालमा मात्र होइन पूरै दक्षिण एसियामा लोकप्रिय छ र यसले आफूलाई सेग्मेन्टकै बलियो ब्रान्डका रुपमा स्थापना गरिसकेको छ,’ एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भन्नुभयो, ‘अब एफजी राइडरहरुले हाइयर रेन्ज मोडेलको अनुभव गर्न पाउनुहुनेछ । नेपाली बाइकप्रेमीलाई हाई पावर,हाई टर्क, आकर्षक फिचर, मस्कुलिन लुक्स र एग्रेसिभ स्टाइलसहितको नयाँ विकल्प दिन पाउँदा हामी निकै खुसी छौं । हामीलाई विश्वास छ कि नयाँ बाइकले राइडिङ एक्सपिरियन्सलाई नयाँ उचाइमा पु¥याउनेछ ।’

त्यसैगरी, एमएडब्लु इन्टरप्राइजेजका सहमहाप्रबन्धक दिपक रौनियारले नयाँ बायक ‘पावर, कन्ट्रोल र ब्यालेन्स’को सम्मिश्रण भएको बताउनु भयो । ‘एफजी विरासतलाई पछ्याउँदै यो नयाँ बाइकले उच्च तहको राइडिङ पर्फमेन्स र स्टाइलिङ डिएनएलाई अँगालेको छ । एफजी २५ युवा राइडर्सका लागि लक्षित भए पनि उत्कृष्ट डिजाइन र आरामदायी विशेषताले यो बाइक दैनिक प्रयोजनका लागि पनि उपयुक्त छ ।’

यसैबीच, एमएडब्लु इन्टरप्राइजेजले एफजी २५ को टेस्ट राइड गर्ने ग्राहकका लागि आकर्षक उपहारको योजना ल्याएको छ । सीमित अवधिका लागि संचालन हुने यो योजनाअनुसार यामाहाको नयाँ बाइकको टेस्ट राइड गर्नेले एप्पलको म्याकबुक जित्ने मौका पाउनुहुनेछ ।

 

Logo