एकै पटक दुधमा ६ रुपियाँ मूल्य बढ्यो

एकै पटक दुधमा ६ रुपियाँ मूल्य बढ्यो

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १ भदौ ।

भाद्र १ गते देखि देखि दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बृद्धी भएको छ । आज देखि दुग्ध विकास संस्थान र निजी डेरीको दूधको मूल्य प्रतिलिटर ७० रुपैयाँ हुनेछ।

दुग्ध विकास बोर्डले दूधको मूल्य ६ रुपैयाँ बढाउन स्वीकृति दिए लगतै बिहीबारदेखि नयाँ मूल्य कायम भएको हो। एक प्याकेट आधा लिटर दूधको मूल्य अब ३५ रुपैयाँ कायम भएको छ। यसअघि दूधको मूल्य प्रतिलिटर ६४ रुपैयाँ थियो।

दुग्ध विकास संस्थानको संचालक समितीको १३०० औ बैठकले यस्तो निर्णय गरेको दुग्ध विकास संस्थानले जनाएको छ ।

Logo