चितवनमा ११ सय भन्दा बढी उद्योग

चितवनमा ११ सय भन्दा बढी उद्योग

केन्द्रबिन्दु
0
Shares

चितवन, २६ साउन । जिल्लामा गत आर्थिक वर्ष २०७३/७४ मा १ हजार १ सय २४ वटा साना उद्योग दर्ता भएका छन् ।

भरतपुर महानगरपालिका उद्योग विकास शाखा कार्यालयका अनुसार १ अर्ब ५२ करोड २९ लाख २२ हजार कुल पूँजी हुने गरी ती उद्योग स्थापना भएका हुन् ।

ती उद्योगको स्थिर पूँजी ९० करोड ३९ लाख ५९ हजार र चालु पूँजी ६१ करोड ८९ लाख ६२ हजार रुपैंया रहेको छ । घरेलु तथा साना उद्योग कार्यालय हाल भरतपुर महानगरपालिका उद्योग विकास शाखामा परिणत भएको हो । कार्यालयले यसअघि जिल्लाभरिकै उद्योगको दर्ता तथा नवीकरण गर्दै आएकामा अब स्थानीय तहअनुसार छुट्टाछुट्टै रुपमा हेर्नेछ ।

कार्यालयका सूचना अधिकारी रमेशकुमार कर्माचार्यका अनुसार गत आवमा लघु उद्योग २ सय ५८, घरेलु उद्योग १९ र साना उद्योग ८ सय ४७ वटा दर्ता भएका थिए । निजी १ हजार ८, साझेदारी ५१, प्रालि ६५, उत्पादनमूलक २ सय ९६, कृषिमूलक ३ सय १२, निर्माणमूलक एक, पर्यटनमूलक २ सय १ र सेवामूलक ३ सय १७ वटा उद्योग दर्ता भएका थिए । जिल्लामा हाल दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता ४ अर्ब ६८ करोड ७९ लाख पाँच हजार रुपैंया रहेको कार्यालयले जनाएको छ । ती उद्योगमा ३ हजार ९ सय ७९ जनाले रोजगार पाएका छन् । रासस

Logo