साउनसंगै सेयरमा पनि हरियाली छायो

साउनसंगै सेयरमा पनि हरियाली छायो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २ साउन । साउन महिना हरियाली भए झै धितोपत्र बजारमा सोमवार हरियाली छाएको छ ।

आर्थिक वर्षको सुरुवातबाटै हरियो झण्डाले स्वागत गरेको बजारले सोमवार पनि निरन्तरता पाएको छ । बजार दोहोरो अंकले बढेर १ हजार ६ सय ४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार २० दशमलब ५८ बिन्दुले बजार बढेको छ ।

कुल १ सय ५४ कम्पनीको २० लाख १२ हजार ४ सय १५ कित्ता शेयर रु ६९ करोड ४३ लाख ६९ हजार ४ सय ३५ रुपैंयामा कारोबार भएको छ । आइतबारभन्दा सोमवार एक करोड रुपैंया मात्रै बढी कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४ दशमलब४ बिन्दुले बढेको छ । आज सबै उपसूचकहरुमा समेत हरियाली छाएको छ । बैंकिङ २१ दशमलब ८३, होटल २६ दशमलब ३९, विकास बैँक २९ दशमलब ५७, जलविद्युत् ९दशमलब १८, वित्त क्षेत्र ५ दशमलब २३, बीमा ९५ दशमलब ३५, उत्पादन समूह २७ दशमलब ०४ र अन्य समूह १ दशमलब १६ बिन्दुले बढेको छ ।

आज हिमालयन डिस्टिलरीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने नेशनल माइक्रो फाइनान्स, फरवार्ड माइक्रो फाइनान्स, रिलायबल वित्तीय संस्था, सिनर्जी पावर र किसान माइक्रो फाइनान्सको शेयरमूल्यसमेत बढेको स्टकले जनाएको छ । रासस

Logo