साल्ट ट्रेडिंङ्ले २० प्रतिशत बोनस दिने

साल्ट ट्रेडिंङ्ले २० प्रतिशत बोनस दिने

केन्द्रबिन्दु
0
Shares

३० असार, काठमाडौं । साल्ट ट्रेडिंङ् कर्पोरेशनले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको बिहीबार सम्पन्न बार्षिक साधारणसभा मार्फत् सञ्चालक समितिको प्रस्ताव परित गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले ६ अर्व ८३ करोडको कारोवार गरेको कम्पनीले जनाएको छ । गत आवमा कम्पनीले ६१ करोड २४ लाख नाफा गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५६ करोड ९ लाख रुपैयाँ नाफा गरेको थियो ।

Logo