कन्चन डेभलपमेन्ट बैंकको हकप्रद आजदेखि

कन्चन डेभलपमेन्ट बैंकको हकप्रद आजदेखि

केन्द्रबिन्दु
0
Shares

३० असार, काठमाडौं । कन्चन डेभलपमेन्ट बैंकले शुक्रबार (आज) देखि हकप्रद बिक्रि गर्ने भएको छ । बैंकको ७ औ बार्षिक साधारणसभाले ३० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो ।

बैंकले कायम चुक्ता पुंजीको १०:३ को अनुपातमा ३० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले १० करोड ३९ लाख रुपैयाँ बराबरको १० लाख ३९ हजार ५ सय कित्ता हकप्रद बिक्रि गर्दैछ । यसको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई जिम्मा दिइएको छ ।

हाल बैंकको चुक्ता पुंजी ३४ करोड ६५ लाख रुपैयाँ रहेकोमा हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ४५ करोड ४ लाख रुपैयाँ पुग्ने छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले २०७४ असार मसान्त भित्र चुक्ता पुंजी ५० करोड पुर्याउनु पर्नेछ।

जेठ ३१ गतेसम्म कायम शेयरधनीले भदौ १ सम्म हकप्रदको लागि आवेदन दिन सक्ने छन् ।

Logo