अख्तियारले शर्मासहित ३ जना बिरुद्द आज मुद्धा दायर गर्ने

अख्तियारले शर्मासहित ३ जना बिरुद्द आज मुद्धा दायर गर्ने

केन्द्रबिन्दु
0
Shares

३० असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित ३ जना बिरुद्द आज मुद्धा दायर गर्ने भएको छ । कर निर्धारणमा अर्बौ रुपैयाँ अनियमितता गरेको अभियोगमा उनीहरुमाथि मुद्धा दायर गर्न लागिएको हो ।

अख्तियार बोर्डको बिहिबार बसेको बैठकले शर्मासहित कर फस्र्योट आयोगका अध्यक्ष लुमध्वज महत र सदस्य उमेश ढकालविरुद्द १० अर्ब ९६ करोड बिगो दावी गर्दै मिद्धा दायर गर्ने निर्णय गरेको हो । कर फस्र्यौटका क्रममा करिब २१ अर्ब रुपैयाँ भ्रष्टचार गरेको आरोपमा विभागका पदाभिकारीहरुमाथि अनुसन्धान अघि बढाएको हो ।

अख्तियारले शर्मालाई गत जेठ १९ गते पक्राउ गरेको थियो भने महत र ढकाल फरार छन् ।

Logo