पहिलो र दोस्रो चरणको निर्वाचनमा ५ अर्ब ५४ करोड खर्च

पहिलो र दोस्रो चरणको निर्वाचनमा ५ अर्ब ५४ करोड खर्च

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । २३ असार काठमाडौं ।

निर्वाचन आयोगले पहिलो र दोस्रो चरणको निर्वाचनमा ५ अरव ५४ करोड खर्च भएको विवरण सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तह दुई चरणको निर्वाचनमा ५ अरव ५४ करोड खर्च भएको जानकारी दिए । निर्वाचन आयोगले सकेसम्म कम खर्चमा निर्वाचन सम्पन्न गर्ने प्रयास गरिएको पनि उनले स्पष्ट पारे । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।

निर्वाचन आयोगले मंसीर पहिलो साता भित्र सबै तहको निर्वाचन सम्पन्न गर्नेगरी तयारीको कामलाई अघि बढाएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले समय कम भएकाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीको कामलाई पनि अघि बढाइएको स्पष्ट पारे । उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग पुनः आग्रह गरेकाछन् ।

Logo