चुक्ता पुँजी आठ अर्ब पुर्याउन नेपाल बैंक लि. सफल

चुक्ता पुँजी आठ अर्ब पुर्याउन नेपाल बैंक लि. सफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २२ असार । चालु आवभित्र क वर्गका सबै वाणिज्य बैंकलाई चुक्ता पुँजी रु आठ अर्ब पुर्याउन नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिपालना गर्नेमा नेपाल बैक लि दोस्रो बन्न सफल भएको छ । 

नेपालको वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत केही अवधि करार व्यवस्थापन र केही अवधि राष्ट्र बैकको व्यवस्थापनअन्तर्गत सञ्चालित भई दुई वर्षयता खुल्ला प्रतिस्पर्धाबाट नियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहको नेतृत्वमा चलिरहेको सो बैंकको चुक्ता पुँजी हाल आठ अर्ब दुई करोड पुगेको बैंकले जनाएको छ । 

पुरानो कर्जा असुली, सम्पत्ति बिक्रीलगायतबाट नियामक निकायद्वारा निर्धारित न्यूनतम सीमाभन्दा केही बढी चुक्ता पुँजी पुर्याउन बैंक सफल भएको हो । बैंकमा सरकारको ६२.५५ प्रतिशत स्वामित्व छ । हाल देशका १३१ शाखामार्फत सेवा पुर्याइरहेको बैकले आगामी आवमा प्रथम चरणमा आफ्ना २५ शाखाबाट स्मार्ट बैङ्किङ सेवा आरम्भ गर्ने जनाएको छ । रासस 

Logo