४८ जिल्लामा १० दश हजार वाणिज्य फर्म दर्ता

४८ जिल्लामा १० दश हजार वाणिज्य फर्म दर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २२ असार । देशका ४८ जिल्लामा १० हजार वाणिज्य फर्म दर्ता भएका छन् । 

घरेलु तथा साना उद्योग विकास समितिले काम गर्दै आएका ४८ जिल्लामा चालु आवको जेठ मसान्तसम्म १० हजार १०७ वाणिज्य उद्योग दर्ता भएका हुन् । 

दर्ता भएका फार्ममध्ये सबैभन्दा धेरै सुर्खेतमा ९२४ र सबैभन्दा थोरै मनाङमा पाँच फर्म दर्ता भएका छन् । उक्त दर्ताबाट समितिले रु एक करोड नौ लाख ३३ हजार ५६० राजस्व सङ्कलन गरेको छ । 

समितिका निमित्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार थापामगरले औद्योगिक विकासको आधारशीला लघु, घरेलु तथा साना उद्योग भएकाले यसको विकास र विस्तारका लागि फर्म दर्ता क्रम बढेको बताउनुभयो । 

यस्तै समितिमा आठ हजार ३५५ वाणिज्य फर्म नवीकरण भएका छन् । 

समितिले वाणिज्य फर्म नवीकरणबाट रु दुई करोड १४ लाख ७४ हजार ३८४ राजस्व सङ्कलन गरेको छ । रासस 

Logo