ओम डेभलपमेन्ट बैंकको एकिकृत कारोबार सुरु

ओम डेभलपमेन्ट बैंकको एकिकृत कारोबार सुरु

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । २ असार २०७४, काठमाडौ ।
ओम डेभलपमेन्ट बैंकले गोर्खाको मनास्लु विकास बैंकलाई प्रप्ती गरेपछि शुक्रबारदेखि एकिकृत कारोबार सूरु गरेको छ । बैंकको संयुक्त कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले गरेका हुन ।

ओमले मनास्लु विकास बैंकलाइ गाभेपछि बैंकको चुक्ता पूँजी एक अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । हाल बैंकले १५ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १३ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ । प्रप्ती पछि बैंकको शाखा संख्या पनि ४१ पुगेको छ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकका लागि दुई अर्ब ५० करोड चुक्तापूँजी पुर्याउन पर्छ । केन्द्रीय बैंकको व्यवस्था अनुसारको पुँजी पुर्याउनका लागि बैंकले प्रप्तीपछि ३० प्रतिशत हकप्रद निष्काशन गर्ने जनाएको छ । गत चैतमा सम्पन्न विशेष साधारणसभाले मर्जरपछि ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरीसकेको छ । बैंकले प्रस्ताव गरेको ३० प्रतिशत हकप्रद सेयर जारीपछि र चालु आर्थिक बर्षको मुनाफबाट बोनस बाड्दा बैंकको चुक्तापूँजी २ अर्ब ५० करोड पुग्ने जनाएको छ ।

Logo