बेनीको बास्कुनामा अन्तराष्ट्रियस्तरको सुन्तला बगैँचा विकसित हुँदैबेनी (म्याग्दी), २८ जेठ । "/>

सुन्तला खेतीले अब म्याग्दीमा ‘फ्रुट–मिल्क भिलेज’

सुन्तला खेतीले अब म्याग्दीमा ‘फ्रुट–मिल्क भिलेज’

केन्द्रबिन्दु
0
Shares

बेनीको बास्कुनामा अन्तराष्ट्रियस्तरको सुन्तला बगैँचा विकसित हुँदै

बेनी (म्याग्दी), २८ जेठ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–४ बास्कुनावासी किसान धानखेती छोडेर सुन्ताला खेतीतर्फ आकर्षित भएका छन् ।

धान रोप्ने खेतमा सुन्तालाको नयाँ बिरुवा विस्तार गरेका बास्कुनावासी अहिले मकैभित्र पनि सुन्तलाको नयाँ बिरुवा बिस्तारसँगै बगँैचा व्यवस्थापन र नयाँ बिरुवाको रेखदेखमा जुटिरहेका छन् ।

न्युजिल्यान्डमा रहेका बास्कुनाका लालबहादुर केसीले अन्तर्रािष्ट्रयस्तरको बगँैचा व्यवस्थापन र काठमाडौँका व्यापारीलाई समेत सुन्तलाबारीमै पुग्ने वातावरण बनाउन स्थानीयवासीलाई तालिम र प्रविधि उपलब्ध गराएपछि बास्कुनालाई अन्तराष्ट्रियस्तरको सुन्तला बगैँचा बनाउने पहल सुरु भएको छ ।

म्याग्दीको बासुकना गाउँको एक दृश्य

सुन्तला खेतीका लागि जिल्लामा नै चर्चा कमाएका बास्कुनाका लालबहादुर केसी, शेरबहादुर केसी, याम केसी, दीपेन्द्र गुरूङ, देउबहादुर हुमेन, तिलक गुरूङलगायतले उच्चस्तरको आधुनिक प्रविधियुक्त सुन्तला बगैँचा बचाउन सुरु गरेका छन् । उनीहरूले सुन्तलाका दाना टिप्ने, गोडमेल गर्ने, औषधि उपचार गर्ने र रोगकीराबाट नियन्त्रण गर्ने प्रविधिको प्रयोग गर्न थालेपछि बास्कुना पूर्ण अग्र्यानिक सुन्तला बगैँचा बनेको छ ।

धान खेतीलाई छोडेर सुन्तला खेती सुरू गरेपछि गाउँका अरूले समेत त्यसको सिको गरेका हुन् । २२ घरधुरीको बसोबास रहेको बास्कुनाका १९ घरधुरीले करिब साढे दुई सय रोपनीमा अन्नबाली छोडेर सुन्तलाखेती गरेका छन् । कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा गाउँमा हरेक वर्ष कृषकले खेतबारीमा सुन्ताला नयाँ बिरुवा विस्तार गरिरहेका छन् ।

२०६४ सालमा न्युजिल्यान्डमा कृषिखेती गरेका लालबहादुर केसीको प्रयासमा सुरू भएको सुन्तलाखेतीमा सिङ्गो गाउँ नै आकर्षित भएपछि जिल्ला कृषि विकास कार्यालयले बास्कुनालाई सुन्तलाको नमुना गाउँ घोषित गरेको छ ।

गाउँलाई फ्रुट–मिल्क भिलेज घोषणाको तयारीमा जुटेका बास्कुनावासीले दैनिक करिब एक सय लिटर दूधसमेत सदरमुकाम बेनी बजारमा ल्याउने गरेका छन् । यस वर्ष नयाँ बोटबाट समेत पहिलोपटक फल दिने तयारीमा रहेका सुन्तालाको बोटबाट करिब ४० लाखभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको छ ।

कृषि विकास कार्यालयसँगै विभिन्न सेवाप्रदायक संस्थाबाट अपनाइएको आधुनिक प्रविधिको प्रयोग गरेर सुन्तलाको बगैँचा व्यवस्थापन, बिरुवा रोप्ने तरिका, तालिम, स्वादिलो फलका लागि अपनाउनुपर्ने प्रक्रियाका बारेमा समेत अन्तराष्ट्रिय प्रविधिको प्रयोग गरिरहेका बास्कुनावासीले सुन्तलासँगै तरकारी खेती समेत गरिरहेका छन् ।

गाउँमा एकजना कृषकले न्युनतम ५० देखि ७०० सम्म सुन्तालाको बिरुवा रोपेका छन् । बास्कुनामा बोटबाटै ‘ए’ र ‘बी’ ग्रेडको सुन्तला जिल्लाबाहिर जाने गरेका छन् भने बेनी तथा आसपासका बजारमा समेत सुन्तला खपत हुने गरेको छ । बास्कुनबाट सुन्तलासँगै दैनिक दूधसमेत निर्यात हुने गरेको छ । रासस

Logo