केन्द्रबिन्दु डेस्क । "/>

अमेरिकामा सबैभन्दा चल्तीको नोट हो– १ डलर नोट

अमेरिकामा सबैभन्दा चल्तीको नोट हो– १ डलर नोट

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २६ जेठ ।

पत्यार गर्न कठिन हुन्छ, अमेरिकामा सबैभन्दा चल्तीको नोट कुन हो भनेर थाहा पाउँदा । नेपालमा ५०० सय र १००० का नोटको बिगबिगी छ । केही समय पहिले मात्र भारतमा ५०० र १००० का पुराना नोट प्रतिबन्ध भएर हाहाकार मच्चिएको थियो र त्यहाँ त अब २००० रुपैयाँका नोट चल्तीमा आइसकेका छन् ।

त्यसो त अमेरिकामा ठुलाठुला नोट छैनन् । त्यहाँ केवल १, २, ५, १०, २०, ५० र १०० डलरका नोट मात्र बन्छन्, बनाइन्छन् । यसमा पनि गत वर्ष सन् २०१६ को एक तथ्यांक अमेरिकी केन्द्रीय बैंकले सार्वजनिक गरेको छ । यसअनुसार अमेरिकामा गत वर्ष सबैभन्दा चल्तीमा रहेको नोट रहेको छ– एक डलरको नोट ।

अमेरिकीहरू कागजी नोटलाई बिल भन्छन् । एक डलरको नोटलाई उनीहरू ‘वान डलर बिल’ भन्छन् । अमेरिकी केन्द्रीय बैंकको तथ्यांकअनुसार, वर्ष २०१६ मा ‘वान डलर बिल’ मात्रै ११.७ अर्ब डलर प्रचलनमा आएका थिए ।

तुलनात्मक रूपमा हेर्दा, सोही वर्ष सोही अवधिमा अन्य नोटहरू यस अनुपातमा प्रचलनमा आएको पाइयो–

– १०० डलरका नोट ११.५ अर्ब
– २० डलरका नोट ६.९ अर्ब
– १० डलरका नोट १.९ अर्ब
– ५ डलरका नोट २.८ अर्ब
– २ डलरका नोट सबैभन्दा कम अर्थात् १.२ अर्ब

एक डलरको नोट बनाउन पनि सबैभन्दा कम रकम खर्च हुन्छ । प्रति नोट निर्माणमा ५.४ सेन्ट खर्च हुन्छ (अमेरिकामा नोटलाई बिल भनिएजस्तै एक पैसाको ढ्याकलाई पेनी, पाँच पैसालाई निकल, १० पैसालाई सेन्ट र २५ पैसाको ढ्याकलाई क्वार्टर भनिन्छ, मुद्रा चाहिँ डलर) । दुई डलरको बिल बनाउन पनि त्यत्ति नै खर्च हुन्छ ।

सबैभन्दा महँगो ५० डलरको नोट बनाउन पर्छ जसका लागि प्रति नोट १९.४ सेन्ट खर्च हुन्छ । १०० डलरको एउटा नोट बनाउन १५.५ सेन्ट खर्च लाग्छ ।

(एजेन्सीको सहयोगमा)

Logo