सरकारले स्वदेशी उद्योगीको मर्का बुझेनः महेश जाजु (भिडियोसहित)

सरकारले स्वदेशी उद्योगीको मर्का बुझेनः महेश जाजु (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

एशियन थाइ फुड्का प्रबन्ध निर्देशक महेशकुमार जाजुले सरकारले उद्योगमैत्री नीति नबनाई दिंदा उद्योगीहरू मारमा परेको बताएका छन्।

‘उद्योग सञ्चालन गर्न क्षमता मात्र भएर नहुने सरकारले नीति पनि बलियो बनाईदिनु पर्छ, अहिलेको यो अवस्थामा हामीले उद्योग सञ्चालन गर्न कठिन छ,’ उद्योगपति जाजुले केन्द्रबिन्दुसँग भने ।

नीतिकै अभावमा नेपाली उद्योगीहरूले विदेश गएर उद्योग सञ्चालन गर्न नसकेको उनले तर्क गरे। ‘हामी नेपाली उद्योगीहरू सक्षम छौं । तर, हामीलाई विदेशमा गएर उद्योग सञ्चालन गर्न पटक–पटक भन्दा पनि सरकारले अनुमति दिएको छैन,’ जाजुले गुनासो पोखे ।

उद्योग अन्तर्राष्ट्रिय स्तरमा सञ्चालन गर्न नपाएपनि स्वदेशी उत्पादनलाई विश्वभर चिनाएको जाजुले बताएका छन्। ‘रमपम, टु.पि.यम, चिजवल, गुड्डे, ललिपप लगायत उत्पादनले स्वदेशमामात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा लोकप्रियता हासिल गरेको छ’ जाजुले भने।

जाजुले कोरोनाको समयमा व्यक्तिगत र संस्थाबाट सहयोग पनि गरिरहेको जनाए। उनले भूकम्प, बाढी पहिरो जाँदा लगायत अन्य विपद्को समयमा पनि आफ्नो उद्योगले सहयोग गरेको जनाउँदै भन्छन्,‘हाम्रा ग्राहकहरूलाई हामी विपद्मा पनि सहयोग गर्न पछि परेका छैनौं।’

त्यस्तै जाजुले एशियन थाइ फुड्मार्फत पिरो चाउचाउपनि बजारमा ल्याएको बताएका छन्। कोरियन पीरो चाउचाउ नेपालीले अधिक मन पराएपछि स्वदेशी उत्पादन अकबरे खुर्सानी प्रयोग गरेर उक्त पिरो चाउचाउ बजारमा ल्याएको हो । एशियन थाइ फुड्ले गुणस्तरमा कहिल्यौं सम्झौता नगर्ने जाजु बताउँछन्।

Logo