बहुप्रतिक्षित होण्डा ‘सिबी ३५० आरएस’ नेपालमा

बहुप्रतिक्षित होण्डा ‘सिबी ३५० आरएस’ नेपालमा

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले बहुप्रतिक्षित होण्डाको CB 350 RS नेपाली बजारमा आज लन्च गरेको छ। 

नेपालमा होण्डा सिबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस CB 350 RS  ले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुनेमा होण्डा विश्वस्त छ। आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ। 

मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक डूअल टोन फ्यूल ट्यांकमा ब्ल्याक विथ पर्ल स्पोर्टस् एलो र पिन स्ट्रिपिङ्ग फ्यूल ट्यांकमा रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न रङ्गहरुमा उपलब्ध छ। एडभान्स डिजिटल एनालग मिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज जस्ता यस बाइकको धेरै मध्येका केही विशेषताहरु हुन्। 

नेपाली बजारमा यस CB 350 RS को मूल्य रु ७,७५,००० तोकिएको छ।

Logo