केटीएम ७९० ड्युक बाइक नेपाली बजारमा उपलब्ध हुँदै, मूल्य २३ लाख ९९ हजार

केटीएम ७९० ड्युक बाइक नेपाली बजारमा उपलब्ध हुँदै, मूल्य २३ लाख ९९ हजार

केन्द्रबिन्दु
0
Shares

केटीएम ७९० ड्युक बाइक नेपाली बजारमा उपलब्ध हुने भएको छ। नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले यसको बुकिङ खोलेको हाे। जसकाे मूल्य २३ लाख ९९ हजार रुपैयाँ राखिएकाे छ।

भारतमा गत वर्ष लन्च भएको यो बाइक अब नेपाली बजारमा समेत उपलब्ध हुने भएको हो। बीएस४ इन्जिनयुक्त यो बाइक केही संख्यामा मात्र नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ। बीएस४ भन्दा पछिल्लो संस्करण उत्पादन नभएको र भारतभन्दा बाहेक अन्य देशमा यो बाइक पहिलो पटक उपलब्ध हुन लागेको हो। 

बाइकमा ७९९ सीसीको प्यारालल ट्विन इन्जिन रहेको छ, जसले १०३ बीएचपी पावर र ८६ एनएम टर्क जेनेरेट गर्छ। यो बाइकमा ६–स्पिड गियरबक्स रहेको छ।

केटीएमको यो बाइकमा एलईडी हेडल्याम्प र टेललाइट तथा ड्युक ३९० मा जस्तै टीएफटी स्क्रिनयुक्त रहेको छ। बाइकमा ३०० एमएम ड्युअल डिस्क ब्रेकसँगै जे जुआन क्लिपर्स दिइएको छ। पछाडि पांग्रामा २४० एमएम र अघिल्लो पांग्रामा ३०० एमएमको सिंगल डिस्क ब्रेक रहेको छ।

बाइकमा स्लिपर क्लच असिस्ट, लिन सेन्सिटिभ ट्रयाक्सन कन्ट्रोल, चार राइडिङ मोडसँगै लाइभ बाई वायर, एबीएस र सुपरमोटो मोडजस्ता फिचरहरु रहेका छन्। सुपरमोटो राइडिङ मोडका कारण कर्नरिङमा पनि राइडिङ सहज हुन्छ। यसलाई स्पोर्ट, स्ट्रिट, रेन र ट्रयाक गरी चार राइडिङ मोडमा चलाउन सकिन्छ। केटीएम ७९० ड्युक बाइकको फ्रन्टमा ४३ एमएम अपसाइड डाउन टेलेस्कोपिक फोर्क र रियरमा मोनोशक सस्पेन्सन रहेको छ।

Logo