महिन्द्राका कमर्सियल सवारी साधन एक हप्तासम्म पुरानै मूल्यमा पाइने

महिन्द्राका कमर्सियल सवारी साधन एक हप्तासम्म पुरानै मूल्यमा पाइने

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि महिन्द्रा सवारी साधनकाे आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले महिन्द्रा कमर्सियल भेइकलको मूल्य बढ्ने जनाएको छ। 

अर्काे हप्तादेखि मूल्य बढ्ने जनाउँदै कम्पनीले १ हप्ताभित्र पुरानै मूल्यमा गाडी खरिद गर्न नयाँ अफरसमेत सार्वजनिक गरेको छ।

दुगडले एउटा गाडीमा न्युनतम ४० हजारदेखि अधिकतम १ लाख रुपैयाँसम्म मूल्य वृद्धि हुने बताएकाे छ।

कम्पनीले नेपाली बजारमा महिन्द्राका कार्गो भ्यानदेखि लाइट कमर्सियल, हेभी ट्रक, मिनीबस र स्कुल बसको समेत बिक्री गर्दै आइरहेको छ।

Logo