आजदेखि मानुषी लघुवित्तको आईपीओ खुल्ला, साउन ३१ सम्म भर्न सकिने

आजदेखि मानुषी लघुवित्तको आईपीओ खुल्ला, साउन ३१ सम्म भर्न सकिने

केन्द्रबिन्दु
0
Shares

मानुषी लघुवित्त वित्तीय संस्थाले आजदेखि साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरका ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको हो।

कम्पनीले कुल ३ लाख ९३ हजार ७५० कित्तामध्ये ५ हजार ४६९ कित्ता संस्थाको कर्मचारीलाई छुट्याएकाे छ। यस्तै १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो। 

सर्वसाधारणका लागि खुल्ला भएको आइपिओमा आवेदकहरुले छिटोमा साउन ३१ गतेभित्र र ढिलोमा भदौ ९ गतेसम्म दिन पाउने भएका छन्। आवेदन न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ। 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

आइपिओ जारी भएपछि कम्पनीको चुक्तापुँजी दश करोड ९३ लाख ७५ हजार पुग्नेछ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर)मार्फतसमेत आइपिओमा आवेदन दिन सक्नेछन्।

Logo