पिडिलाइटको एरल्डाइट नेपाली बजारमा

पिडिलाइटको एरल्डाइट नेपाली बजारमा

केन्द्रबिन्दु
0
Shares

नेपालमा करिब २५ वर्ष अघि आफ्नो यात्रा सुरु गरेको पिडिलाइट इन्डष्ट्रिज लिमिटेडले नेपाली बजारमा एरल्डाइटको इपोक्सी एड्हेसिभको रेन्ज बिक्री सुरु गरेको छ। 

एड्हेसिभ, निर्माण केमिकल्स्, सिलेन्ट आदि निर्माणमा अग्रणी रहेको पिडिलाइटले हालसालै मात्र युएसको हन्टस्म्यान ग्रुपबाट भारतीय उपमहाद्विप (नेपालसमेत) मा एरल्डाइटको उपभोक्ता र बजार व्यापार अधिग्रहण गरेको हो।

एरल्डाइटमा इपोक्सी एड्हेसिभको रेन्ज विभिन्न औद्योगिक तथा अन्य प्रायोजनमा अधिक रुचाइएको छ । त्यस्तै, मार्वल/ढुङ्गा क्लाडिङ, अटोमोटिभ मर्मतका लागि पनि यो धेरै रुचाइएको ब्राण्ड हो। 

“एरल्डाइट इपोक्सी एड्हेसिभ विश्वमै प्रतिष्ठित र प्रसिद्ध ब्रान्ड हो। यसले हाम्रो एड्हेसिभ र सिलेन्ट ब्रान्डको पोर्टफोलियो अझ बलियो बनाउन मद्दत गर्दछ र हाम्रो प्रोडक्ट पोर्टफोलियोलाई पुरा गर्दछ। यस कदमपछि हामी विश्वस्त छौँ कि एरल्डाइट नेपालमा पिडिलाइट वस्तुहरुको रेन्जमा एक बलियो हिस्सा हुनेछ।” पिडिलाइट इन्डष्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक भरत पुरीले भने। 

नेपालमा एरल्डाइट धेरै आकारमा उपलब्ध हुनेछन् । प्रोडक्टहरुको प्रतिस्पर्धात्मक रुपमा मूल्य निर्धारण भएको र केही महिनाभित्र पुरा नेपालभर उपलब्ध हुनेछन् । पिडिलाइट (फेबिकोल) उच्चस्तरको एड्हेसिभ र (डा. फिक्सिट) सुरक्षित स्वस्थ घरहरुका लागि अग्रिम वाटर प्रुफिङ समाधानका लागि परिचित छ।

Logo