तीन सयले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

तीन सयले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज ३ सयले बढेको हो। 

आइतबार १ हजार ५ सयले घटेको थियो। सोमबार १ हजार रुपैयाँले घटेको थियो। मंगलबार २ सयले बढेको सुन बुधबार ४ सयले घटेको थियो। विहीबार ६ सयले बढेको थियो ।

गत हप्ता आइतबार ५ सयले घटेको थियो। सोमबार सुन प्रतितोला १ सयले घटेको थियो भने मंगलबार स्थिर रहेको थियो। यस्तै बुधबार सुन ३ सयले घटेको थियो। बिहीबार स्थिर थियो भने शुक्रबार ५ सयले घटेको थियो।

आज छापावाला सुनको प्रतितोला ८९ हजार ७ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार २५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ। चाँदी आज एक हजार १८५ मा कारोबार भइरहेको छ।

Logo