कुलमान घिसिङविरुद्ध सर्वोच्च पुगे हितेन्द्रदेव शाक्य

कुलमान घिसिङविरुद्ध सर्वोच्च पुगे हितेन्द्रदेव शाक्य

केन्द्रबिन्दु
0
Shares

आफूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको भन्दै पुनर्वहालीको माग गर्दै हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत गएका छन्।

कुलमान घिसिङको नियुक्ति बदर गरी आफ्नो पुनर्वहालीका लागि अन्तरिम आदेश माग गर्दै शाक्यले रिट दर्ता गराएको सर्वोच्च प्रशासनले जनाएको छ।

यस अघि देउवा सरकारले साउन १२ गते बसेको मन्त्रिपरिषद् बैंठकले कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको थियो। १२ गते नै नियुक्ति गर्ने निर्णय गरे पनि सरकारले गत बुधबार मात्रै नियुक्तिपत्र दिएर कार्यभार सम्हालेका थिए।

सरकारले शाक्यलाई सिधै हटाउँदा अदालतमा रिट दर्ता गरी पुनः बहाल हुने सम्भावना रहेकाले मन्त्रिपरिषदले नियुक्त गर्ने निर्णय गरेपनि शाक्यलाई ऊर्जा आयोगको जिम्मेवारी दिने तयारी गरेर पनि निर्णय सार्वजनिक गरेको थियो । 

शाक्यको कार्यकाल सकिन अझै ३ वर्ष बाँकी थियो। त्यसैले उनलाई हटाउँदा अदालत जाने सम्भावना रहेकाले पनि सहज व्यवस्थापनको खोजीमा ऊर्जामन्त्री पम्फा भुसाल थिइन्। नभन्दै शाक्य आज सर्वोच्च पुगेका छन् । 

ऊर्जा मन्त्रालयले गत वर्ष कात्तिक २४ नेपाल विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। वरिष्ठताका आधारमा शाक्यलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको थियो। 

Logo