शेयर बजारमा नयाँ रेकर्ड, विकास बैंक र फाइनान्समा लगानीकर्ताको आकर्षण

शेयर बजारमा नयाँ रेकर्ड, विकास बैंक र फाइनान्समा लगानीकर्ताको आकर्षण

केन्द्रबिन्दु
0
Shares

बुधबार नेप्से परिसूचकमा नयाँ रेकर्ड बनाएको छ । नेप्से परिसूचक २८.२८ अंकले बढेर ३ हजार १९८.६० अंकमा पुगेको हो । यो अंक अहिलेसम्मकै उच्च हो । 

यसअघि नेप्से साताको अन्तिम दिन बिहीबार १६.३ अंकले बढेर ३ हजार १७८ अंकमा पुगेको थियो । यसै साताको मंगलबार ३ हजार १६२ र बुधबार ३ हजार १६३ को रेकर्ड बनेको थियो। 
आज नेप्सेको विकास बैंक र फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दा बुधबार शेयर बजारमा नयाँ रेकर्ड बनेको हो ।

आज कारोबारमा आएका २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ रुपैयाँमा कारोबार भएको छ । जसमध्ये १३१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । साथै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

बुधबार विकास बैंक ५.५ प्रतिशत, फाइनान्स ४.८७ प्रतिशत र म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङतर्फ ३.५५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, आधा दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसमा शिवम् सिमेन्ट, अरुण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त, अरुण काबेली पावर, आँखुखोला जलविद्युत् कम्पनी र महालक्ष्मी विकास बैंक रहेका छन् ।

Skip This
Skip This
Logo