साताको अन्तिम दिन नेप्से १८.२४ अंकले गिरावट

साताको अन्तिम दिन नेप्से १८.२४ अंकले गिरावट

केन्द्रबिन्दु
0
Shares

साताको अन्तिम दिन बिहिबार शेयर बजार मापक नेप्से परिसूचकमा १८.२४ अंकले गिरावट आएको छ ।

बुधबार मात्रै नेप्सेले उच्च रेकर्ड बनाएको थियो । आज विहान प्रिओपनिङमा ३२ सय अंक माथि पुगेको नेप्से कारोबारको अन्तिमसम्म आउँदा १८.२४ अंकले गिरावट आएर ३ हजार १८० बिन्दुमा झरेको छ । बुधबार नेप्से परिसूचक २८.२८ अंकले बढेर ३ हजार १९८.६० अंकमा पुगेको थियो ।

आज कारोबारमा आएका २२९ कम्पनीको ३ करोड १० लाख कित्ता सेयर २० अर्ब ४९ करोड ९२ लाख रुपैयाँमा किनबेच भएको छ । यसरी कारोबार रकमसमेत घटेको छ । बुधबार २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ रुपैयाँमा कारोबार भएको छ । आज ६१ कम्पनीको मात्रै मूल्य बढेको छ भने अन्य बाँकी सबै कम्पनीको शेयर मूल्य घटेको छ।

अधिकांश उपसमूह रातो भएपनि जीवन र निर्जीवन बीमा समूहमा आएको उल्लासले शेयर बजार भने धेरै तल आउन पाएन। जीवन बीमा समूह ४६८ अंक र निर्जीवन बीमा समूह ४५७ अंकले बढेको छ। लघुवित्त समूह ५० र अन्य समूह ३४ अंकले बढेपनि अरु समूहमा उल्लेख्य बृद्धि भएको छ ।

सबैभन्दा बढी घट्ने समूहमा विकास बैंक समूह १६२ अंक र जलविद्युत समूह १२३ अंकले घटेका छन्। फाइनान्स समूह ७३, व्यापार समूह ३० र बैंकिङ समूह पनि २० अंकले घटेको छ।

बिहीबार जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेपनि अन्य कम्पनीहरुको भने सर्किट लेभलमा पुगेर कारोबार भएको छैन।

रिडी हाइड्रोपावरको ८ प्रतिशत, साना किसान विकास बैंकको ७ प्रतिशत र सिइडिबी हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतले बढेको छ।

एचआइडिसीएल, खानीखोला हाइड्रोपावर र पञ्चकन्या माइ हाइड्रोको सेयर मूल्य १० प्रतिशतले घटेको छ। ङादी गु्रप र माउनटेन हाइड्रोको सेयर मूल्य ८\८ प्रतिशतले घटेको छ।

अरुण काबेली पावर र अरुण भ्याली हाइड्रोपावरको १\१ अर्ब माथिको शेयर कारोबार भएको छ।  अरुण काबेली र अरुण भ्यालीको समान एक अर्ब १६ करोड रुपैयाँको, नेशनल हाइड्रोपावरको ८३ करोड, रिडी हाइड्रोपावरको ५८ करोड र एचआइडिसीएलको ४८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

 

Skip This
Skip This
Logo