होन्डाकाे लाइट एड्भेन्चर मोडल सीबी२००एक्स सार्वजनिक, बजार मूल्य कति?

होन्डाकाे लाइट एड्भेन्चर मोडल सीबी२००एक्स सार्वजनिक, बजार मूल्य कति?

केन्द्रबिन्दु
0
Shares

होन्डाले इन्ट्री लेवल क्रसओभर बाइक होन्डा सीबी२००एक्स भारतमा सार्वजनिक गरेको छ। यसको मूल्य १ लाख ४४ हजार ५ सय भारु तोकिएको छ। हाल बजारमा प्रचलित हर्नेट १८० भन्दा याे बाइक १४ हजार भारुले महंगो छ।

बाइकका विशेषता
सीबी२००एक्स एक प्रकारको कम्युटर बाइक हो, जसमा लामो स्टान्स, अपराइट राइडिङ पोजिसन, एड्भेन्चर डिजाइन र ड्युअल स्पोर्ट ब्ल्याक प्याटर्न सहितको टायर दिइएको छ। यसमा स्पोर्टी अन्डरकाउल, अपस्वेप्ट एक्जस्ट, इन्टिग्रेटेड साइड ब्लिंकरसहितको नकल कभरसमेत छ।

बाइकमा गोल्डेन कलरको अपसाइड डाउन फ्रन्ट फोर्क्स, फुल डिजिटल एलसीडी डिस्प्ले, एलईडी लाइटिङ सेटअप, इन्जिन स्टप स्विच र हाजार्ड स्विचसमेत उपलब्ध छ।

होन्डाको यो बाइकलाई लाइट एड्भेन्चर मोडल नाम दिइएको छ। यसमा पावरका लागि १८४ सीसीको सिंगल सिलिन्डर इन्जिन छ, जसले १७ बीएचपी पावर र १६.१ एनएम टर्क जेनेरेट गर्छ। इन्जिनमा ५ स्पिड गियरबक्स छ। होन्डा हर्नेट १८० मा भएकै इन्जिन यसमा प्रयोग गरिएको छ।

Logo