नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापारिक सम्झौता

नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापारिक सम्झौता

केन्द्रबिन्दु
0
Shares

नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ। 

विहीबार एक कार्यक्रमकाबीच यस्तो सम्झौता भएको हो। सम्झौताअन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकले नबिल बैंकमार्फत Letters of Credit, Document against Payment (DAP), Document Against Acceptance (DAA), Local Bank Guarantee लगायत सुविधा उपभोग गर्न पाउने छन्।

सहकार्यबाट मुक्तिनाथ विकास बैंकका ग्राहकले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्नेछन्। यसका साथै यस सम्झौतापश्चात दुई बैंकबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सहवित्तीयकरण कर्जा, विदेशी मुद्रासम्बन्धी अन्य कारोबारसमेत अगाडि बढाउने लक्ष्य राखिएको छ।  

नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विस्तारित बैंकिङ सुविधा प्रदान गर्न पाउँदा  खुसी भएको बताए। यो व्यापार सम्झौता पश्चात दुवै बैंकका ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवासुविधा प्रदान गर्नका लागि नबिल बैंक तत्पर रहेको उनको भनाइ छ।

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले नबिल बैंकसँग भएको व्यापारिक सम्झौताले बैंकका ग्राहकले वैदेशिक व्यापारमा संलग्न ग्राहकलाई समग्र बैंकिङ सेवा लिन सुविधा पुग्ने बताए।

Logo