सावित्री कंचनजंगा अगरबत्तीको नयाँ अफर : ‘सुवासको बहार, धमाकेदार उपहार’

सावित्री कंचनजंगा अगरबत्तीको नयाँ अफर : ‘सुवासको बहार, धमाकेदार उपहार’

केन्द्रबिन्दु
0
Shares

विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आइरहेको ISO सर्टीफाईड सावित्री कंचनजंगा अगरबत्तीले समय–समयमा आफ्नो होलसेलर र रिटेलरहरुको लागि विभिन्न प्रकारका ‘अफर’ र ‘स्किम’हरू ल्याउँदै आएको छ। यसैगरी यसबर्ष भने आफ्ना ग्राहकहरुका लागि सावित्री कंचनजंगाले ‘सुवासको बहार, धमाकेदार उपहार’ अफर ल्याएको छ। 

यस नयाँ अफर अन्तर्गत रु. ३५ पर्ने सावित्री कंचनजंगा अगरबत्तीको हरेक बट्टाको खरिदमा ग्राहकहरूले रु.५० सम्मको आकर्षक उपहार पाउने भएका छन्।

घर होस् या मन्दिर, उषा होस् या सन्ध्या, सदैव हरेक मठ-मन्दिर पूजास्थानसहित गृहिणीको पहिलो रोजाइ बन्न सफल सावित्री कंचनजंगा अगरबत्ती उच्च कोटिको कच्चापदार्थबाट बन्नुका साथै उत्कृष्ट र आकर्षक प्याकिङमा सर्वत्र उपलब्ध छ। सावित्री कंचनजंगा अगरबत्ती एउटै बट्टाभित्र सातवटा  फ्लेवरका परफ्यूमद्वारा सुगन्धित छ, जसको सुगन्धले तपाईं हाम्रो मन प्रफुल्ल हुन्छ भने मस्तिस्कमा उर्जा थपिन्छ। 

अहिले यस उद्योगमा सावित्री कंचनजंगा अगरबत्ती लगायत ५० भन्दा  बढी सुगन्धित ब्राण्डका अगरबत्ती उत्पादन भइरहेका छन्। पूर्वदेखि पश्चिम नेपालसम्म, हिमाल देखी तराईसम्म उपलब्ध यस सुगन्धित अगरबत्ती छोटो समयमै नेपालकै अग्रिणी अगरबत्ती ब्राण्डको रुपमा स्थापित बनेको छ। सावित्री कंचनजंगा अगरबत्तीले उत्पादन गरेका हरेक ब्राण्डहरु गुणस्तरिय भएकै कारणले  यसका विभिन्न ब्राण्डका अगरबत्तीहरू अहिले विभिन्न देशहरुमा बजार विस्तार गर्न अनि प्रिय बन्न सफल भएका छन्। 

Logo