तपाईंले मेरो शेयरको पासवर्ड बिर्सनुभयो?, यसरी आफैं पासवर्ड बदल्न सकिन्छ

तपाईंले मेरो शेयरको पासवर्ड बिर्सनुभयो?, यसरी आफैं पासवर्ड बदल्न सकिन्छ

केन्द्रबिन्दु
0
Shares

शुक्रबारदेखि केन्द्रीय निक्षेप प्रणाली(सिडीएससी)ले मेरो शेयरको वेबसाइटमा पासवर्ड परिवर्तन गर्ने नयाँ फिचर थप गरेको छ।

परिर्वतन गरिएको नयाँ फिचरमा अब मेरो शेयर खाता भएका सर्वसाधारणले आफैं पासवर्ड परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ।

अब नयाँ फिचर आएसँगै मेरो शेयरको पासवर्ड बिर्सिएकाहरुले मेरो शेयरको फरगेट पासवर्डमा गएर क्लिक गर्न सक्नेछन्।

उक्त फिचरमा क्लिक गरेसँगै लगानीकर्ताले आफ्नो निक्षेप सदस्यको नाम दाखिला गर्नु पर्नेछ। साथै आफ्नो युजर नेम र जन्ममिति दाखिला गरेपछि पासवर्ड परिवर्तन हुनेछ। परिवर्तित पासवर्ड सिस्टमले नै इमेलमा पठाउनेछ।

इमेलमा आएको पासवर्ड प्रयोग गरि खाता चलाउन सक्ने सिडिएससिको भनाइ छ।

यसभन्दा अघि मेरो शेयरको पासवर्ड सर्वसाधारणले बिर्सिदा निक्षेप सदस्यहरूलाई नै भन्नु पर्ने स्थिति रहेको थियो। तर अब सर्वसाधारणले नै पासवर्ड परिवर्तन गर्न सक्ने भएपछि सर्वसाधारणको समयसमेत बचत हुने सिडिएससिले जनाएको छ।

Logo