धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिइओलाई कारवाही गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिइओलाई कारवाही गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

संसदीय समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिइओलाई कारवाही गर्न निर्देशन दिएको छ।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको शुक्रबार सिंहदरवारमा बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरण विपरित सेयर कारोबार गरेको निष्कर्ष निकालेको थियो ।

सर्वोत्तम सिमेन्टको सेयर बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले परिवारका सदस्यहरुको नाममा खरिद गरेका थिए । यसबारे समितिले तत्काल छानवीन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सचेत गराएको हो । नियमक निकाय आफैले पदीय मर्यादाविपरित सेयर कारोबार गरेकाले तत्काल छानवीन गरी उनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जनाए । 

समितिकी सदस्य रामकुमारी झाँक्रीले बोर्ड र नेप्सेका पदाधिकारीहरुलाई पदमा बहाल रहुञ्जेल पूँजी बजारमा कारोबार गर्न नपाउने गरी कानुनी व्यवस्था गर्न ढिलाई गर्न नहुनेमा जोड दिइन् । 

समितिका सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर बजारमा सर्वसाधारणको विश्वास आर्जन गर्ने गरी नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्न पनि सरकारले ढिलाई गर्न नहुने धारणा राखे ।

बैठकमा समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले नियमक निकाय धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरुले पदीय मर्यादाविपरित काम गरेकोमा सरकारको ध्यान गएको स्पष्ट पार्दै उनीहरुमाथि आवश्यक कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे । 

अर्थमन्त्री शर्माले नियमक निकायबाटै सेयर बजारमा विकृति भित्र्याउने काम गरेको सुनिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मन्त्रीस्तरीय निर्णय गरेर छानवीनका लागि ५ सदस्यीय समिति समेत बनाएको समितिको बैठकमा जानकारी दिए ।
 

Skip This
Skip This
Logo