लिखु हाइड्रोपावरको आईपीओ खुल्दै

लिखु हाइड्रोपावरको आईपीओ खुल्दै

केन्द्रबिन्दु
0
Shares

ओखलढुंगा र रामेछापको सीमा नदी लिखुमा निर्माणाधीन ५२ दशमलव २ मेगावाट क्षमताको लिखु–४ जलविद्युत आयोजनाले ६२ करोड ५० लाखको सेयर निस्काशनको तयारी गरेको छ। यो मध्ये ५० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी रहने ५० प्रतिशत सर्वसाधारणले पाउने छन्।  

३१ करोड २५ लाख मूल्यको ३१ लाख २५ हजार कित्ता प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारी तथा ३१ लाख २५ हजार कित्ता शेयर सर्वधारणका लागि निस्काशन गर्न लागिएको हो। आयोजना प्रभावित क्षेत्र ओखलढुंगाको लिखु गाउँपालिकास्थित वडा नम्बर ९ पोकली, खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर १, २ र ३ प्रभावित क्षेत्रमा पर्छ। 

त्यस्तै रामेछापतर्फको गोकुल गंगा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको भुजी र सैपु आसपासको भूगोल प्रभावित क्षेत्रमा सूचीकृत छ। यी क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीहरूले ५० प्रतिशत सेयर पाउनेछन् भने सर्वधारणका लागि ५० प्रतिशत सेयर सुरक्षित गरिएको छ।  

लक्ष्मी क्यापिटल लिमिटेडमार्फत बिक्री गर्न लागिएको शेयर ५ प्रतिशत अर्थात करिब एक लाख ५६ हजार दुई सय पाँच कित्ता सेयर कर्मचारीका लागि छुट्याइने छ।

अयोजनाका कर्मचारीमध्ये पनि दुई सयभन्दा कम संंख्यामा कर्मचारी भए पाँच प्रतिशत र त्योभन्दा बढी कर्मचारी भएको खण्डमा दुई प्रतिशत मात्र सेयर उनीहरुका लागि जारी गरिने नागरिक लगानी कोषको उप निर्देशक नारायण घिमिरेले जानकारी दिए। यो आयोजना ग्रीन भेन्चर्स लिमिटेडले निर्माण गरेको हो। (न्युज कारखानाबाट)

Skip This
Skip This
Logo