महालेखाले भन्यो, ‘धरहरा निर्माण ४५ प्रतिशत मात्र पूरा’

महालेखाले भन्यो, ‘धरहरा निर्माण ४५ प्रतिशत मात्र पूरा’

केन्द्रबिन्दु
0
Shares

महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदनले तोकिएको समयभित्र धरहरा पुनर्निर्माण नहुने देखिएको जनाएको छ। 

निर्माण कार्य अवधीका २४ मध्ये २१ महिना भइसक्दा पनि धरहरा निर्माणको वित्तीय ५५ प्रतिशत र भौतिक प्रगति ४५ प्रतिशत मात्र भएको प्रतिवेदनले जनाएको छ।  

पुरातत्व विभागबाट स्वीकृत डिजाइन अनुसार २२ तलाको धरहरा र अन्य संरचनाको निर्माण कार्य गर्न ५ अर्ब ४६ करोड ४३ लाख रूपैयाँ लागत अनुमान तयार गरिएकोमा ३ अर्ब ८ करोड ११ लाखमा एक निर्माण व्यवसायीसँग २४ महिनामा कार्यसम्पन्न गर्न २०७५ असोजमा सम्झौता भएको थियो । जसमा यस वर्षसम्म १ अर्ब ६८ करोड ९९ लाख खर्च भएको प्रतिवेदनले खुलाएको छ। 

संसद विघटन गरेपछि चर्को आलोचना खेपिरहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको भवन ठडिने बित्तिकै गत वैशाख ११ मा उद्घाटन गरेका थिए। उद्घाटन सकिए पनि निर्माणको काम भने अझै आधाभन्दा बढी बाँकी देखिएको छ।

Logo