चीनको वुहानबाट नेपाली विद्यार्थी उद्धार गर्दा प्रतिव्यक्ति ७ लाख १० हजार रुपैयाँ खर्च

चीनको वुहानबाट नेपाली विद्यार्थी उद्धार गर्दा प्रतिव्यक्ति ७ लाख १० हजार रुपैयाँ खर्च

केन्द्रबिन्दु
0
Shares

सरकारले कोरोना भाइरस संक्रमणको उद्गमस्थल चीनको वुहानबाट १ सय ८७ नेपाली विद्यार्थीहरूलाई उद्धार गरेर काठमाडौं ल्याउँदा १३ करोड २८ लाख ४७ हजार खर्च भएको छ । 

महालेखा परीक्षकको ५८ औं प्रतिवेदनले चीनको वुहानबाट  नेपाली विद्यार्थी उद्धार गरेर ल्याउँदा खर्च भएको जनाएको छ । 

सरकारले २०७६ फागुन ४ गते चीनको वुहानबाट नेपाली विद्यार्थी उद्धार गरेर ल्याएको थियो । उद्धार गरेर ल्याएका विद्यार्थीहरुलाई काठमाडौं ल्याउँदा प्रतिव्यक्ति ७ लाख १० हजार रुपैयाँ खर्च भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै, विद्यार्थीहरुलाई सेनाले १७ दिन क्वारेन्टाइनमा राख्दा ५५ लाख र औषधि खरिदका लागि ६६ लाख ७१ हजार खर्च गरेको थियो ।

त्यतिबेला उद्धार गरिएका विद्यार्थीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिएको थियो । त्यहाँ क्वारेन्टाइन निर्माण, निर्मित क्वारेन्टाइनका लागि आवश्यक सामग्री खरिद, उक्त ठाउँमा इन्टरनेट, बेड खरिद तथा निर्माणलगायत सहरी विकास मन्त्रालयले ७ करोड ५६ लाख ९५ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल सरकारले २०७६ माघ २७ मा चीनको वुहानबाट नेपालीलाई फिर्ता ल्याउने निर्णय गरेको थियो । त्यसबेला हवाई उद्धार र स्थानीय यातायातबापत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४ करोड ४९ लाख ७९ हजार खर्च गरेको थियो ।

 

Logo