कोभिडका कारण एसियाका मात्र ८० लाख मानिस गरिबीको चपेटामा

कोभिडका कारण एसियाका मात्र ८० लाख मानिस गरिबीको चपेटामा

केन्द्रबिन्दु
0
Shares

कोभिड–१९ महामारीका कारण एसियामा झन्डै ८० लाख मानिस गरिबीको चपेटामा धकेलिएका छन्। एसियाली विकास बैंकले मंगलबार दिउँसो एक प्रतिवेदन सार्वजनिक सो जानकारी दिएको हो। 
‘कि इन्डिकेटर फर एसिया एन्ड प्यासिफिक २०२१’ नाम दिइएको सो प्रतिवेदनमा महामारी एसिया र प्रशान्त क्षेत्रको प्रगतिमा बाधक भएको जनाइएको छ। कोभिडले एसियाली देशको दीगो विकास लक्ष्यलाइसमेत असर गरेको बताइएको छ।

एसियाली देशमा महामारीको उत्तारचढाव प्रष्ट देखिएको र कोभिडले ती क्षेत्रका देशको स्वास्थ्य र शिक्षाको प्रगतिमा बाधा ल्याएको अध्ययनमा उल्लेख छ। अध्ययनमा एसियाली देशको वित्तिय, आर्थिक, सामाजिक र वातावरणीय विषयको विश्लेषण गरिएको छ। 

सन् २०१७ को एक तथ्यांकअनुसार एसियाको कुल जनसंख्याको ५ दशमलब २ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि छन्। तर, कोभिडको संक्रमण नभएको अवस्थामा सो संख्या २ दशमलब ६ प्रतिशतमा झर्ने अनुमान गरिएको थियो । 

‘एसिया र प्यासिफिक क्षेत्रले प्रभावकारी फड्को मारेको छ। तर, कोभिड–१९ ले सो क्षेत्रको सामाजिक र आर्थिक क्षेत्र कमजोर पार्नुका साथै दीगो र समावेशी विकास कमजोर बनाइदिएको छ।न्युज कारखानाबाट

Logo