साताको पहिलो कारोबारको दिन ५६.०३ अंकले घट्यो नेप्से

साताको पहिलो कारोबारको दिन ५६.०३ अंकले घट्यो नेप्से

केन्द्रबिन्दु
0
Shares

आइतबार र सोमबार दुर्ई दिन सार्वजनिक विदापछि मंगलबार खुलेको शेयर बजार नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३ हजार १२४.८७ अंकमा झरेको छ ।

आज मंगलबार कारोबारमा आएका अधिकांश कम्पनीहरुको शेयर राताम्मे भएको छ । मंगलबारको कारोबारमा आएका २२५ कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैयाँमा कारोबार भएको छ । 

जसमध्ये १५९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५९ वटा कम्पनीको मात्रै शेयर मूल्य बढेको छ । साथै १५ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आजको कारोबारमा फाइनान्स र निर्जीवन बीमा कम्पनीहरुको सवइन्डेक्समा सामान्य वृद्धि भए पनि अन्य उपसमूहमा गिरावट आएको छ । 

मंगलबार सबैभन्दा बढी जलविद्यत् उपसमूहमा ६.२१ प्रतिशतले गिरावट आएको छ भने विकास बैंकमा ३.९८ प्रतिशतको गिरावट आएको छ ।

आज कारोबारमा २ वटा कम्पनीको मात्रै शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गोर्खाज फाइनान्स र जीवन विकास लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, नेशनल हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, कालिका पावर कम्पनी, आँखुखोला जलविद्युत् कम्पनी, घलेम्दी हाइड्रो लिमिटेड, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर, एचआइडीसीएल लगायतका कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

Skip This
Skip This
Logo