काभ्रेका स्थानिय तहमध्ये पाँचखालमा सबैभन्दा कम बेरुजु (कुन तहमा कस्ताे?)

काभ्रेका स्थानिय तहमध्ये पाँचखालमा सबैभन्दा कम बेरुजु (कुन तहमा कस्ताे?)

केन्द्रबिन्दु
0
Shares

महालेखा परीक्षकको कार्यालयले शनिबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार काभ्रे जिल्लाका १३ स्थानिय तहको आर्थिक वर्ष २०७६/०७७ को बेरुजु ५७ करोड १५ लाख ५० हजार देखिएको छ। बित्तीय प्रतिवेदन सूचकले काभ्रेमा पाँचखाल नगरपालिका र महाभारत गाउँपालिकामा सबैभन्दा कम बेरुजु भएको उल्लेख गरेको छ। 

प्रतिवेदनका अनुसार पाँचखालमा १ अर्ब ३८ करोड २८ लाख ७२ हजारको लेखा परिक्षण गर्दा १ करोड १९ लाख ३५ हजार अर्थात ०.८६ प्रतिशत तथा महाभारत गाउँपालिकामा ६७ करोड ७९ लाख १२ हजारको लेखा परिक्षण गर्दा २९ लाख ४० हजार अर्थात ०.४३ प्रतिशत बेरुजु देखिएको छ। बागमती प्रदेशका १ सय १९ स्थानिय तहमध्ये बेरुजु कम भएका पालिकामा पाँचखाल नगरपालिका सातौं स्थानमा छ भने महाभारत गाउँपालिका दोश्रो स्थानमा छ। 

प्रतिवेदनका अनुसार नगरपालिकाहरुमा सबैभन्दा बढी बेरुजु मण्डनदेउपुर नगरपालिका र गाउँपालिकाहरुमा सबैभन्दा बढी तेमाल गाउँपालिकामा भएको छ। मण्डनदेउपुर नगरपालिकामा १ अर्ब ४६ करोड ६८ लाख ३ हजारको लेखा परिक्षण हुँदा ८ करोड ७७ हजार अर्थात ५.४६ प्रतिशत रकम बेरुजु भएको छ भने तेमाल गाउँपालिकामा ९५ करोड २७ लाख २७ हजारको लेखा परिक्षण गर्दा ९ करोड २४ लाख ४ हजार अर्थात ९.७० प्रतिशत बेरुजु देखिएको छ। 

त्यस्तै धुलिखेल नगरपालिकामा १ अर्ब ५९ करोड ११ लाख ८६ हजारको लेखा परिक्षण गर्दा १ करोड ५७ लाख ७६ हजार (०.९९%) , बनेपा नगरपालिकामा १ अर्ब ६८ करोड ४ लाख ९४ हजारको लेखा परिक्षण गर्दा ३ करोड ८३ लाख ५२ हजार (२.२८%), नमोबुद्ध नगरपालिकामा १ अर्ब ३४ करोड ६४ लाख ६२ हजारको लेखा परिक्षण गर्दा ३ करोड ८० लाख ८४ हजार (२.८३%) र पनौती नगरपालिकामा २ अर्ब ३ करोड ११ लाख ७४ हजारको लेखा परिक्षण गर्दा ७ करोड ३५ लाख ९२ हजार (३.६२%) रकम बेरुजु देखिएको छ। 

गाउँपालिकाहरुमा रोशी गाउँपालिकामा १ अर्ब ३५ करोड ४३ लाख ७९ हजारको लेखा परिक्षण गर्दा २ करोड ५४ लाख ४० हजार (१.८८%), खानीखोला गाउँपालिकामा ६० करोड ४० लाख ७२ हजारको लेखा परिक्षण गर्दा २ करोड ६ हजार (३.३१%), चौरी देउराली गाउँपालिकामा १ अर्ब ४ करोड ४१ लाख २६ हजारको लेखा परिक्षण गर्दा ५ करोड ४७ लाख ५७ हजार (५.२४%), भुम्लु गाउँपालिकामा ९५ करोड ५३ लाख ६५ हजारको लेखा परिक्षण गर्दा ५ करोड ८४ लाख ३६ हजार (६.१२%), बेथानचोक गाउँपालिकामा ७४ करोड ९७ लाख ९६ हजारको लेखा परिक्षण गर्दा ५ करोड ९७ लाख ५१ हजार (७.९७%) रकम बेरुजु देखिएको छ।

बागमती प्रदेशमा ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी ११९ वटा स्थानीय तह छन् । यी मध्ये रामेछापको रामेछाप नगरपालिकाको सबैभन्दा कम ६ लाख ४१ हजार अर्थात ०.३० प्रतिशत र दोलखाको वैतेश्वर गाउँपालिकाको सबैभन्दा बढी १२ करोड ४८ लाख ४२ हजार अर्थात १४.४ प्रतिशत बेरुजु देखाएको प्रतिवेदनमा उल्लेख छ। 

आर्थिक वर्ष २०७५/०७६ मा काभ्रे जिल्लाको बेरुजु ६७ करोड ७५ लाख ६७ हजार देखिएको थियो। सबैभन्दा बढी पनौती नगरपालिकाको १ अर्ब ७५ करोड ६७ लाख ५ हजारको लेखापरीक्षणमा १६ करोड ५७ लाख ५६ हजार (९.४४%) प्रतिशत बेरुजु थियो भने दोस्रो नम्बरमा खानीखोला गाउँपालिकाको ५३ करोड ६७ लाख ५६ हजारको लेखापरीक्षणमा ३ करोड ७६ लाख ३१ हजार (७.०१%) बेरुजु थियो।

Logo